नेपालमा विविध कार्यक्रम गरि विश्व क्यान्सर दिवस मनाइदै

नेपालमा  विविध कार्यक्रम गरि विश्व क्यान्सर दिवस मनाइदै

कपन अनलाइन

काठमाडौं, माघ २२ ।आज विश्व क्यान्सर दिवस ,नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ । क्यान्सरसम्बन्धि जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष फेब्रुअरी ४ मा यो दिवस मनाउने गरिन्छ  ।

विश्वमा प्रत्येक वर्ष  १ करोड ८१ लाख मानिसलाई क्यान्सर रोग लाग्ने गरेको विश्व स्वास्थ संगठनको तथ्यांक रहेको छ । जसमध्ये करिब ८० लाख मानिसको  मृत्यु हुने गरेको छ । नेपालमा प्रतिवर्ष २६ हजार मानिसमा क्यान्सर लाग्ने गरेको बताइएको छ । तीमध्ये १९ हजारको मृत्यु हुने गरेको छ । हाल नेपालमा करिब ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ ।

नेपालमा सबैभन्दा बढि देखिनेमा फोक्सोको क्यान्सर रहेको नेपाल अर्बुद रोग निवारण संस्थाको तथ्यांकले देखाएको छ । त्यसपछि आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बासयको क्यान्सरका बिरामी धेरै छन् । २२ प्रतिशत क्यान्सर भने  धुमपानका कारण हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा समयमै रोग पहिचान नहुनु र उपचारको पहुँच कम हुनु क्यान्सर नियन्त्रणको मुख्य चुनौती रहेको विशेषज्ञहरु बताउँछन् । गोकर्णेश्वर नगरपालिकामा पनि विश्व क्यान्सर दिवसको अवशरमा अन्तरक्रिया कार्यक्रम आयोजना हुदै छ ।

तपाइँको प्रतिक्रिया ।