नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालको उपत्यकामा आंशिक प्रभाव
कपन अनलाइन
काठमाडौं माघ २२।नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालको उपत्यकामा आंशिक प्रभाव परेको छ । उपत्यकाका मुख्य सडकमा प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ता देखिएका छन् भने भित्री सडकमा सवारीसाधनहरु चलेका छन् ।
सडकमा अवरोध सिर्जना गर्नेलाई पक्राउ गर्न भन्दै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । सोही अनुरुप काठमाडौंबाट प्रहरीले ७६ र भक्तपुरबाट एकजनालाई पक्राउ गरेको छ । उनीहरुलाई उपत्यकाका विभिन्न ठाउँमा रहेको प्रहरी कार्यालयमा राखिएको छ ।बिहीबार एकाबिहानै सामाखुशीमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेको छ ।
प्रहरीका अनुसार बिहान साढे ६ बजे भएको आगजनीमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको छ ।प्रदर्शनकारीले ठाउँठाउँमा सवारीसाधनमा तोडफोडसमेत गरेका छन् ।
तपाइँको प्रतिक्रिया ।