नेपाल स्काउटका सात प्रदेशका संयोजक तथा कर्मचारीहरुको अभिमुखिकरण सम्पन्न

नेपाल स्काउटका सात प्रदेशका संयोजक तथा कर्मचारीहरुको अभिमुखिकरण सम्पन्न

कपन अनलाइन

काठमाडौं ,माघ २०/ नविना श्रेष्ठ

नेपाल स्काउट अन्तर्गत सात प्रदेशका संयोजक तथा कर्मचारीहरुको अभिमुखिकरण तालिम सम्पन्न भएको छ। ककनी अन्तराष्ट्रिय स्काउट केन्द्रमा शुरू भएको कार्यक्रममा राष्ट्रिय एव अन्तर्राष्ट्रिय स्रोत व्यक्तिहरूमा रुपा गौतम, प्रशन्ना श्रीवास्तव ,विजेन्द्र ध्वजु , देवराज घिमिरेले स्काउट एव स्काउटिङ्ग अभियानका बारेमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए भने नेपाल स्काउटका निदेर्शक राम प्रसाद भट्टराईले नेपाल स्काउट एव प्रदेश स्काउट कार्यालयहरूले पालना गर्नु पर्ने नीति, नियम, नियमावलीका बारेमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए ।

त्यस्तै  नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले बालबालिका तथा युवाहरुको समग्र बिकास मार्फत देशैभरका ७५३ तह सम्म नेपाल स्काउटलाई पुर्याइ यसलाई सबैभन्दा ठूलो र ब्यवस्थित स्वयमसेवी संस्थाको रूपमा बिकास गर्नुपर्ने निर्देशनात्मक विचारसहित यसको मार्गचित्र  प्रस्तुत गरेका थिए।

संयोजक  भण्डारीले   कार्यक्रमको समापन समारोहमा आफ्नो निर्देशनात्मक मन्तव्य राख्दै नेपाल स्काउटका राष्ट्रिय नेतृत्व अनि कर्मचारीहरुले पुराना स्काउटहरुको याेगदान एव ज्ञानको सहि सदुप्रयोग गर्दै संस्थागत बिकासको मुल धारमा ल्याउन प्रयत्न गर्नु पर्ने, पूर्ण रूपमा काममा केन्द्रित भई नेपाल स्काउटमा नयाँ ढगवाट काम भइरहेको छ भने अनुभूति दिलाउन सक्नु पर्ने, आर्थिक एव प्रशासनिक स्वच्छता तथा पारदर्शितामा ध्यान दिनु पर्ने कुरामा जोड दिएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।