टोखा नगरपालिकामा महिलाहरुका लागि नि: शुल्क स्वास्थ्य शिविर संचालन

टोखा नगरपालिकामा महिलाहरुका लागि नि: शुल्क स्वास्थ्य शिविर संचालन

कपन अनलाइन

काठमाडौं ,माघ २०/ नविना श्रेष्ठ

टोखा नगरपालिका वडा नं २ मा  महिलाहरुका लागि नि शुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । टोखा नगरपालिकाको  नि शुल्क स्वास्थ्य शिविर वडा नं  १,२,३ का लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा भएको थियो।

टोखा वडा नं ४,५,६,७ को तिलिङ्गतार मावि तिलिङ्गटार धापासीमा माघ २१ गते महिलाका लागि नि शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने तथा टोखा नगरपालिका वडा नं ८,९,१०,११ को माघ २३गते सोही वडाको कामना बोर्डिङ स्कूल गणेशस्थान गोङ्गबुमा स्वास्थ्य शिविर सञ्चालन हुने टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छिन्।

महिलाका लागि नि:शुल्क स्वास्थ्य शिविरमा उपलब्ध सेवाहरूमा स्त्रीरोग विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण- पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग परीक्षण- पाठेघर खस्ने समस्या भएका महिलाहरुको लागि नि शुल्क उपचारको समेत टोखा नगरपालिकाले व्यवस्था गरेको उपप्रमुख ज्ञानमाया डंगोलले बताएएकि छन ।

यौनजन्य रोगहरू तल्लो पेट दुख्ने समस्याको नि शुल्क उपचार, स्तन क्यान्सर परिक्षण- नि शुल्क सुगर, प्रेसर जाच र स्वास्थ्य शिक्षा तथा परामर्श सेवा दिईने हुदा स्त्रीरोग सम्बन्धि उपचार जाच (VIA) बिधि द्वारा गरिनेहुदा सम्पूर्ण सेवाग्राहीहरुमा ४०० सय जनाले सेवा प्राप्त गरिएको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

महिलाका लागि नि शुल्क स्वास्थ्य शिविर कार्यक्रममा वडा नं  १ का अध्यक्ष कृष्ण अधिकारी, वडा नं  २ का अध्यक्ष दिपक राज जोशी, वडा नं  ३ का अध्यक्ष सिंह राज श्रेष्ठ वडा २का सदस्यहरु तथा स्वास्थ्य स्वयंसेवकहरुको उपस्थिती रहेको थियो।

तपाइँको प्रतिक्रिया ।