खड्का गाउँमा खानेपानीका लागि ओली सरकारलाई धन्यवाद : श्रीहरि खड्का

कपन अनलाइन

काठमाडौं ,माघ १७/श्रीहरि खड्का

“पानी जीवन हो ” यहि मूलमन्त्रलाइ केन्द्र विन्दुमा राखेर हेर्दा काठमाण्डौ उपत्यकाका जनताहरुको लागि स्वच्छ पिउने पानी अभावको समस्या  हलको खोजीलामो समय देखि नै शव्दमा वाहेक यथार्तमा समाधानको नजिक पनि पुगेको  छैन र अझै केहि वर्ष समाधानहुने लक्षण पूर्णरुपमा देखा परेको छैन ।

मेलम्ची  खानेपानी आयोजना २०७४ मा निर्वाचित वर्तमान प्रधानमन्त्री केपी शर्मा वलीको नेतृत्वमा वनेको वर्तमान सरकारको पालामा वाहेक अधिकांश समय कछुवा गतिमा काम चलेको स्पष्ट नै छ ।
मेलम्ची खानेपानी आयोजना कै भरमा पानीको आपूर्ति वढाउने र आङ्खनो वजार हिस्सा समेत वृद्धि गर्ने सोचमा रहेको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मेलम्ची आयोजना सम्पन्न हुन नसकेकोले पानी आपूर्ति गर्ने आङ्खनै स्व कार्यक्रम विहिन नै छ । यस्तो अवस्थामा पिउने पानीको आपूर्तिकर्ता सार्वजनिक संस्थाहरु जनताको माग अनुसार आपुर्ति गर्ने सम्वन्धमा कर्तव्यविमूढछन र केवल निरिहता वांड्ने वाहेक अन्य केहि गर्ने सक्ने अवस्थामा देखापर्दैनन् ।
पिउने पानीको समस्या  उपत्यकाको केहि ठाउंमा वसोवास गर्ने जनताहरु वाहेक अन्य स्थानका जनताहरु पिउने पानीको समस्याले पिडित छन।

यसै क्रममा का म पा १४,कलंकिस्थान ,खडकागाउंका वासिन्दाहरु पनि पिउनेपानीको राष्ट्र्यि समस्यारुपी रोगवाट ग्रसित नहुने त कुरा नै भएन र पीडित वन्न वाध्य भएकै हुन ।
यस क्षेत्रका स्थानीय वासिन्दाहरुको खानेपानीको समस्या समाधानका लागि २०७४को आमनिर्वाचनमा निर्वाचित वागमतीप्रदेश,संघीय संसद र स्थानीय सरकारका जनप्रतिनिधिले निर्वाचनका वखत गरेका वाचा कवोल र आश्वासनले कार्यान्वयनको वाटो पाउने लक्षण त्यो वेला देखापर्यो  जव २०७५फागुनको  अन्तिम हप्तामा वागमती प्रदेश (तत्कालनिप्रदेश नं.३) का माननीय सांसद डा अजय क्रान्ती शाक्य ( काठमाण्डौ क्षेत्र नं.९क ) ले मलाइ (हाल खडकागाउं खानेपानीउपभोक्ता समिति) मोवालमा सम्पर्क गरी जानकारी दिनु हुदै भन्नु भयो “श्रीजी खडकागाउंमा खानेपानीको समश्या धेरै नै विकराल छ समाधानका लागि पहल स्वरुप म ५० लाखरुपैयां वजेट प्रदेश सरकारवाट निकासा गराउंछु , पानी ट्यांकी  निर्माण गर्ने ठाउंको खोजि गर्नुहोस् ”।
यसरी पानी ट्यांकी निर्माण गर्ने र केयुकेएललाई हस्तान्तरण गरी पिउने पानीको श्रोतको व्यवस्थापन गर्न लगाई केयुकेएलले आपुर्ती नगरेको खडका गाउंको अन्य क्षेत्रमा समेत पाइपलाईनको विस्तार गर्न लगाई पिउने पानीको आपुर्ति वृद्धि गराएर खडकागाउंको सम्पूर्ण क्षेत्रमा खानेपानीको वितरणको सहज व्यवस्थापन गर्ने कार्यका लागि केयुकेएललाई अनुरोध योजना समेत माननीय डा शाक्यसंग यस क्षेत्रमा वसोवास गर्नुहुने वामपंथी विचारका साथिहरुसंग छलफल एक प्रकारको योजना तयार पारियो र पहिलोपटक यस खडका गाउंको इतिहासमा जनस्तरवाटै खुल्लारुपमा नै छलफल गरी, शुरुवाती विविध अवरोध र समस्या लाई पार गर्दै मेरो अध्यक्षतामा २०७५ चैत्र ०९ गतेका दिन २ उपाध्यक्ष सहित २१ सदश्यीय यस खडकागाउं खानेपानी उपभोक्ता समितिको गठन भयो ।
खानेपानी ट्यांकीको शिलान्यास  २०७६ जेष्ठ ११ गते गरीनिर्माण हुंदै गर्दाकै क्रममापुनः सांसद डा शाक्यज्यूले मोवाईलबाटै मलाई सम्पर्क ( सायद त्यो बेला वहां प्रदेश सभाको वर्षे अधिवेसनका लागि प्रादेशिक राजधानी हेटौंडामा नै हुनुहुन्थ्यो)   गरेर वोरिंग खन्नका लागि थप ५० लाखवजेट व्यवस्थागर्न सकिने हुंदा ठाउंको खोजी गरी कार्य प्रारारम्भकालागिप्रदेश सरकारको खानेपानीतथा सरसफाई डिभिजन नं.५ का जिम्मेवार अधिकारीहरु संग सम्पर्क राखि वोरिंगकोकाम  थाल्नका लागि भन्नुभयो र पानी ट्यांकीको  काम नसक्दै हामी अर्को मिसनमा पनि लाग्ने तयारीमा लाग्यौं । माननीय शाक्यको यस्तो उत्साह जगाउने कुरा सुनेपछि मभित्र लुकेको “यस खडका गाउंवासीहरुको खानेपानी लगायत विविध खालका समस्याका हल कसरी गर्न सकिन्छ होला”भन्ने चिन्तन पनि सुशुप्त अवस्थावाट जाग्न थालेको आभाष भैरहेको थियो र मैले तत्काल नै उपभोक्ता समितिको वैठक २०७६ आषाढ ८ गते वोलाउन लगाएर वोरिंग स्थलको चयन गरी कामको लागि संझौता प्रदेश सरकार, खानेपानी डिभिजनसंग गरियो र उपभोक्ता समितिको नेतृत्वमा काम सुरु गरी २०७६ आषाढ मसान्त भित्रै सफलतापूर्वक वोरिंगबाट पानी निकाल्ने कार्य समेत सम्पन्न गरियो ।

खानेपानी ट्यांकीको निर्माण र वोरिंग खन्ने कामको सफलता पछि संघीय सरकारका माननीय शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको ”स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम –२०७६” को रु ५०लाख,बागमती प्रदेशका माननीय सांसद अजयक्रान्ती शाक्यको ” प्रदेश पूर्वाधार विकास कार्यक्रम –२०७५“ को १०० लाख र ”प्रदेश पूर्वाधार विकास कार्यक्रम –२०७६“ को वजेट रु ५० लाख,का म पा का प्रमुख  विद्यासुन्दरशाक्यले वोरिंग स्थलमा पम्पहाउस निर्माणका लागि उपलव्ध गराउनुभएको वजेट रु १० लाख तथा यस खानेपानी आयोजनाका उपभोक्ता सदस्यहरुको सहभागिता रकम वापतको करिव रु ११० लाख गरी कूलरु ३२० लाखमा पानी ट्यांकी  ,बोरिंग,पम्पहाउस,फिल्टर प्लाण्ट,फिल्टरप्लाण्ट हाउस र करिव १३ किलोमिटर पाइपलाइनको विस्तार कार्य रमेत सम्पन्न भैसकेर प्रत्येक घरमा धारा जडान वापत रु ६००० (छ हजार) सदश्यहरुले तिर्नुभएको छ र धारा जडान गर्ने कामपनि ८९० घरमा सम्पन्न भैसकेको छ ।

आज २०७७ माघ १६ गते महान शहिदहरुले आफ्नो  प्राण आहुती गर्नु भएकै दिनमा हामीले यस खडका गाउं आयोजनाको उद्घाटन संघीय सरकारका माननीय शिक्षा,विज्ञान तथाप्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्य र वागमतीप्रदेश, काठमाण्डौ निर्वाचन क्षेत्र ९‘क‘ का माननीय सांसद डा अजयक्रान्ती शाक्यको विशेष आतिथ्यमा वहांहरुको हातवाट संयुक्त रुपमा सफलताका साथ सुसम्पन्न गरियो ।

सो अवसरमा यस समितिका सम्पूर्ण उपभोक्ताका साथै छिमेकीनगरका विकासप्रेमी जनसमुदायहरुको पनि उपस्थिति रहेको थियो ।
अव गर्नुपर्ने कार्यमा पानीट्यांकीमा  पम्पहाउस र पम्पजडान गर्ने कार्य र दोस्रो चरणमा आर्किड कोलनी टोलमा पाइपलाइन विस्तार तथा सोहि क्षेत्रमा गर्नुपर्ने धारा जडानको कार्य वांकी रहेको छ र सके कार्य सम्पन्नका लागि बागमतीप्रदेश सरकारवाट विनियोजित रकमरु ५० लाखवाट निकट दिनवाटै डिभिजन कार्यालय नं.५ को रेखदेख र डिजाइनमा कार्य प्रारम्भ गरिने तयारी भैसकेको छ ।
अतहः यस खडकागाउंका वासिन्दाहरुले सफा खानेपानीआजैवाट प्राप्त गर्नेछन र यो आयोजनाले दोस्रो चरणको मेलम्ची आयोजनाको सम्पन्नता संगै यस क्षेत्र (का म पा १४,खडकागाउं) मा उक्त आयोजनाले सेवाग्राहीको प्रभाव क्षेत्रमा समेटेर खानेपानी उपलब्ध नर्गदा सम्मका लागि पानी आपूर्ति गर्नेछ भन्ने आशा एबं बिश्वास लिएको छु र ठूलो कुरो यस आयोजनाले यस क्षेत्रमा बिच पूर्वाधार बिकास निर्माणमा एकताको भाबना बिकास गराएको शन्देस दिएको छ र राम्रो राजनैतिक संस्कारको बिकास समेत भएको छ । सवै भन्दा ठूलो उपलब्धी पनि हो र यो सन्देश मूलुकभर नै अनुकरणीय हुनेछ भन्ने आशा समेत मैले लिएको छु।
अन्तमा यस अयोजनाको सम्पन्न गराउनको लागि रास्ट्रको  बजेट लगानिगर्ने कुरामाध्यान पुर्याउन  सफल संघिय मन्त्री माननीय कृष्णगोपालश्रेष्ठ , वागमती प्रदेश सांसद माननीय डा. अजय क्रान्ती शाक्य, कामपा प्रमुखविद्यासुन्दर शाक्य र परियोजनालाई सफलिभुत पार्नका लागि समयानुकुल प्राबिधिक सल्लाह तथा सहयोग दिनु हुने खानेपानि तथा सरसफाई डिभिजन नं ५ (बागमती प्रदेश सरकार) का डिभिजन प्रमुखहरु,साईट इन्चार्ज इन्जीनियरहरु र कन्सल्टेन्ट इन्जिनियर राजेश महर्जन , कामका जिम्मेवारी पाउने निर्माण व्यवसायीहरुका साथै मेरा समितिका सबै संचालक सदस्य मित्रहरु , अनुगमन समितिकाअध्यक्षलगाएत संचालकमित्रहरु बिशेषतअनुगमन समिति सदस्यभाइमित्र हरिगोबिन्द खडकालाई धन्यबाद दिन चाहन्छु ।
अब यो आयोजना,यस खानेपानी आयोजनामा नयां जोस र जांगरका साथ जिम्मेवारी लिनलाग्नु भएका कर्मचारी मित्रहरुले सफलताका साथ अगाढि बढाउनु हुनेछ र समितिका सबै सदस्य मित्रहरुको सरसल्लाह,सुझाब सदा उहांहरुलाई रहने छ भने यस आयोजनाका सम्पुर्ण उपभोक्ता सस्दसहरुको सहयोग र सदासयता सधाझै प्राप्त भैरहनेछ भन्ने आशा समेत मैले लिएको छु ।
अन्तमा यस उद्घाटन कार्यक्रमलाई सफल रुपमा सम्पन्न गराउन आफ्नो अमूल्य समय दिनुहुने माननियमन्त्री ज्यू तथा यसै क्षेत्रका बागमति प्रदेश सांसद माननिय शाक्यमा विशेष  धन्याबाद ज्ञापन गर्दछु साथै यो उद्घाटन कार्यक्रम को प्रशारण तथा प्रकाशनमा सहयोग गर्नु पत्रकार मित्रहरुलाई पनि ह्दय देखिनै बिशेष धन्यबाद नदिइरहन सक्ने छैन र मेरा सम्पूर्ण कर्मचारी मित्रहरुलाई हार्दिक धन्यबाद व्यक्त  गर्दछु ।

(खडकागाउं खानेपानी आयोजनाका अध्यक्ष श्रीहरि खड्काको  मन्तव्यको अंश यहाँ प्रस्तुत गरिएको हो )

तपाइँको प्रतिक्रिया ।