Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/143948309_417830292769433_1403782185477492183_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/144099667_745246812795282_6684434531391302506_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/144385661_745246572795306_1783742712460232831_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/143833077_417830956102700_3503194722598725412_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

राष्ट्रिय शहिद दिवसको अवसरमा गोकर्ण जगडोलमा आयोजित साहसिक ह्विलचियर दौड प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाडौँ, माघ १७।  राष्ट्रिय शहिद दिवशको अवसरमा मेरुदण्डीय पक्षघात समुह नेपालको आयोजना राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामती (स्मारक) संगको  सहकार्य तथा गोकर्णेश्वर नगरपालिकाको मुख्य आर्थिक सहयोगमा दोस्रो साहसिक ह्विलचियर दौड सफलता पुर्वक सम्पन्न भएको छ ।

राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामती (स्मारक) भित्र भएका उक्त प्रतियोगिताको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा  ओलम्पियन तथा तथा साउथ एसियन गेम्स म्याराथुन रेकर्ड होल्डर बैकुण्ठ मानन्धर,गोकर्णेश्वर नगरपालिका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल  यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल राष्ट्रिय अपाङ् महासंघको उपाध्यक्ष रमा ढकाल, लगायत आयोजक समितिका पदाधिकारी सहित खेलाडी र खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो ।

एक किलोमिटरको दूरीमा भएको दौडमा पुरुषतर्फ रमेश र महिलातर्फ पूजाले उपाधि चुमेसँगै जनही १५ हजार, ट्रफी र प्रमाणपत्र हात पारेका छन् । रमेशले ५ मिनेट १९ सेकेण्ड र पुजाले ७ मिनेट २४ सेकेन्डमा दौड पार गरेका थिए । यसैगरी पुरुषतर्फ विष्णु पुकार ठोकरले ६ मिनेट ४ सेकेन्डमा दौड पार गर्दै द्वितिय तथा खुमबहादुर पाण्डेले ७ मिनेट ३६ सेकेन्डमा पार गर्दै तृतिय स्थान हासिल गरे । महिलातर्फ ऐश्वरी कुमालले ८ मिनेट ३२ सेकेन्ड र रजनी राईले ११ मिनेट ९ सेकेन्डमा दौड पार गर्दै क्रमश: द्वितिय र तृतिय भए । दुवैतर्फ द्वितिय र तृतिय हुनेले जनही क्रमश: १० हजार र ५ हजार नगद, ट्रफी तथा प्रमाणपत्रबाट सम्मानित भए । महिला र पुरुषतर्फ क्रमश: निर्मला भण्डारी र दिवस परियार सान्त्वना भएसँगै नगद एक/एक हजार र प्रमाणपत्र पाए । बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकामा बस्ने १५ महिला र ४० पुरुष गरी ५५ जनाले भाग लिएका थिए । महिला र पुरुष दुवैको एउटै रुटमा अलगअलग प्रतियोगिता गरिएको थियो । प्रतियोगीहरु सबै स्पाइनल कर्ड इन्ज्युरी (मेरुदण्डीय पक्षघात) भएका व्यक्ति हुन् ।अपांगता भएका व्यक्तिहरुले पनि अवसर पाएको खण्डमा साहसिक कार्य गर्न सक्छन् भन्ने हौसला प्रदान गर्न गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा स्पाइनल कर्ड इन्जुरी समूह नेपाल र शहिद राष्ट्रिय पार्कले गतबर्षदेखि प्रतियोगिताको सुरुआत गरेका हुन् ।

सहिद पार्कमै प्रतियोगिता आयोजना गर्नुका पछाडि सार्वजानिक थलोहरु अपागंमैत्री बन्न/बनाउन दबाब दिनुरहेको आयोजकले जनाएको छ  ।  कार्यक्रममा बोल्दै नगरप्रमुख सन्तोष चालिसेले  काठमाडौंमा सबैभन्दा बढी अपांगता भएका व्यक्तिहरु गोकर्णेश्वर नगरपालिकामा बस्छन् । बेलाबखत घुमघाम तथा मनोरञ्जनका लागि पार्क अपागंमैत्री होस्, बनिरहेको संरचनाहरु मैत्रीपूर्ण बनाउन सहायता पुगोस् भन्ने उदेश्यले पार्कमा यस्ता साहसिक खेलहरु सञ्चालन गर्न थालेको बताएका थिए  ।

तपाइँको प्रतिक्रिया ।