नेपाली काँग्रेसका नेता रामहरी खतिवडाको बाल मन्दिर स्कुल ओखलढुंगाका विद्यार्थीहरुलाई सहयोग

कपन अनलाइन

काठमाडौं ,माघ १४।

पुर्व सांसद तथा नेपाली काँग्रेसका  युवा नेता रामहरी खतिवडाले ओखलढुंगा जिल्ला सि.न.पा.१२ स्थित बाल मन्दिर स्कुलको ४५ जना बिद्यार्थीहरुलाई स्विटर र टोपी बितरण गरका  छन  ।

खतिवडाले ठूलो उदेश्य र ठूलो काम पनि केही होइन सबै बिद्यार्थीहरुलाई एक रुपता होस् भनी एकै किसिमको स्विटर बितरण गरेको बताएका छन।

यस्तै सानो सानो काम गर्दा आफ्नो मनलाई शान्ति मिल्ने बताउँदै यो चिसो मौसममा बिद्यार्थी भाइ बहिनीहरुलाई थोरै भए पनि न्यानो मिलोस भनेर बितरण गरेको खतिवडाले बताएका छन।  त्यहा  पढ्ने अधिकांश बिद्यार्थीहरु गरिव रहेको स्कुलले जनाएको छ ।

कार्य ब्यस्तताले गर्दा बितरण गर्न आफू उपस्थित हुन नसक्ने भएकोले काङ्ग्रेस ओखलढुंगा जिल्ला सचिव तथा सुनकोशी गाउँपालिका अध्यक्ष रुद्र अधिकारी, सि.न.पा. १० को वडा अध्यक्ष बिनोद केसी र समाजसेवी कोपिला श्रेष्ठ लगायतले बितरण गरेका थिए ।

खतिवडाले यो भन्दा पहिला वर्ष पनि आफ्नो जन्म दिनमा यहाँ अध्यान गर्ने बाल बालिकाहरुलाई आफ्नो जन्म उत्सवमा किताब बोक्ने झोला र ह्वाइट बोर्ड बितरण गरेका थिए ।

यस पटक पनि जन्मदिनमै बितरण गर्ने योजना भएपनि   बनाउने ठाउँमा ढिलो गरेकोले पुस २४ गते जन्म दिनमा गर्न नसकेको खतिवडाका  स्वकीय सचिव हुकुम राईले जानकारी दिए  ।

तपाइँको प्रतिक्रिया ।