बुढानिलकण्ठमा नाङ्गो रुपमा प्राकृतिक दोहन र रमिते जनप्रतिनिधि

कपन अनलाइन

काठमाडौं ,माघ १४।

बुढानिलकण्ठ नगरपालिकामा अहिले लोकलाई नै लाज लाग्ने गरी खुलेआम रुपमा प्राकृतिक दोहन भैरहदा पनि जनप्रतिनिधिहरु रमिते भनेको भन्दै निकै चिन्ता युक्त चासो व्यक्त गर्न थालिएको छ। नगरपालिकाको प्राकृतिक सम्पत्ति दोहन भैरहेको समाचार निरन्तर प्रकासन गर्दा पत्रकारहरुले नै धम्की र गाली खानु परेको यस नगरपालिकामा अहिले पनि डोजर आतंक र प्राकृतिक सम्पत्तिको अपचलन तथा दुरुपयोग गैर कानुनी रुपमा भैरहेको।

स्थलगत अध्ययन र अनुसन्धान गर्ने भन्दै सम्पूर्ण दोहनमा रोक लगाउने नगर प्रमुखको पत्रको मसि सुक्न नपाउदै खुलेआम रुपमा भएका यी गतिविधिले जनापरतिनिधि लाई रमिते त् बनाएको छ नै त्यो संगै यसले स्थानीय सरकार भन्दा भूमाफिया र विचौलिया हरु निकै शक्तिशाली रहेको पनि देखाएको छ।

त्यति मात्र हैन यसले यस्ता माफियाको गिरोहको जनप्रतिनिधि र कर्मचारीमा रहेको प्रभाव र दवाव कति रहेको छ भनेर सामान्य मानिसले अपनी अनुमान गर्न सक्ने भएका छन। किनकी नगरपालिका भित्रको कुनै पनि जग्गामा मेसिन चलाउनका लागि कम्तिमा पनि वडा र जग्गा विकास समितिको सिफारिस आवस्यक रहेको हुन्छ।

अहिले जति पनि ठाउमा खुलेआम रुपमा दोहन भैरहेको छ ति स्थानमा कि त गैरकानुनी रुपमा काम हुनुपर्यो नत्र भने नगरपालिकाको सिफारिसमा हुनुपर्ने देखिन्छ । यस्तो अवसथामा सजिलै अनुमान लगाउन सकिन्छ कि अनुमति विना भएको भए ति माफिया र बिचौलियाले नगर प्रमुखको निर्देशनलाई टेर पुच्छर लगाएनन।

कित् उनीहरुले विभिन्न उपायहरुको उपयोग गर्दै  नगरपालिकालाई पनि यस प्रकृति विरोधी काममा   सहभागी बनाएका छन।अवका दिनमा यो निकै गम्भीरता पुर्वक खोजि गर्नुपर्ने विषय बनेको नगरवासीले बुझ्नुपर्ने देखिन्छ।

 

 

तपाइँको प्रतिक्रिया ।