नेपाली कांग्रेसको रिफ्रेस्मेन्ट टुरमा नेकपा अध्यक्षको सहभागीता, यसको संकेत ?

कपन अनलाइन

काठमाडौं ,माघ १४।

नेकपामा फुट आएको बेला पारेर नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र -४ का नेताहरुले फ्रेस्मेन्ट टुर गरेका छन । यो पुनर्ताजगी भ्रमणमा नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारीको सहभागीताले नगरपालिकाको राजनीति अहिले तताएको छ।

नेपाली काङ्रेसले क्षेत्रमा संगठन र परिचालनका लागि योजना निर्माणका लागि भनेर अनौपचारिक रुपमा आयोजना गरेको भ्रमणमा अधिकारी किन सहभागि हुन पुगे वा यो संयोग मात्र हो थाहा हुन सकेको छैन ।

तथापि अधिकारी काँग्रेसक नेताहरुसंग चितवन पुगेको बुझिएको छ । हाम्रो श्रोतका अनुसार चितवन सौराहामा आवासीय जग्गा पास गर्न पुगेका नेकपा बुढानिलकण्ठका अध्यक्ष अधिकारी काँग्रेशको पुनर्तजगी कार्यक्रममा सक्रिय रुपमा सामेल भएका थिए । बुढानिलकण्ठका तीन बिनोद सहित चितवनमा रहेका अधिकारीको ब्यक्तिगत कामका शिलशिलामा भए पनि धेरैले यसलाई राजनीति संग जोडेका छन ।

कम्युनिस्ट राजनीतिमा आउनु अघि लामो समय कांग्रेस राजनीतिमा रहेका अधिकारीको अहिले बुढानिलकण्ठमा निकै चर्चा र चासो व्यक्त भैरहेको छ । नेपाली कांग्रेस क्षेत्र नं ४ का सचिव बिनोद चालिसे , बुढानिलकण्ठ नगरपालिकाका कर्मचारी बिनोद पौडेल , नेपाली काङ्ग्रेस बुढानिलकण्ठका नेता बिनोद लामिछाने सहित चितवन पुगेका अधिकारीले सामान्य ब्यक्तिगत कामका लागि पुग्दा अकस्मात भेटिएको प्रसङ्गलाई धेरै ठुलो राजनितीकरण गर्न आवस्यक नरहेको प्रतिक्रिया दिएका छन।

यसीबीच नगरपालिकाको काम छोडेर काङ्ग्रेसको भ्रमणमा बुढानिलकण्ठका कर्मचारी भन्ने शिर्षकमा संचार माध्यममा आएको समाचारमा नेपाली काङ्ग्रेस बुढानिलकण्ठका सभापति गणेश कोइरालाले पनि घुमफिरको शिलशिलामा कर्मचारी र नेकपाका नेताहरु भेटेको भन्दै कमेन्ट पनि लेखेका थिए। अहिले फरक पार्टीको नेतृत्वमा भए पनि एक समयका दरिला सहयात्री रबिन अधिकारी र गणेश कोइरालाबीच के कुराकानी भयो होला ? भन्ने चर्चा अहिले निकै चलेको छ।

मधुर माहोल र रंगिन वातावरणमा रमाएका काङ्ग्रेस -४ का नेताहरु फेसबुक लाइभ मार्फत सार्वजनिक भएका थिए र त्यो माहोलको साक्षी अधिकारी बन्नु आकस्मिकता भएपनि अर्थपुर्ण मान्नुपर्ने एक बुद्दिजिवीले धारणा राखेका छन।

बुढानिलकण्ठ नगरपालिकाको नेकपा र नेपाली कांग्रेसको  राजनीतिमा तरंग ल्याउने गरी कांग्रेसको ठुलै समुह नेकपा प्रवेस गराउने   आन्तरिक तयारीमा रहेको अनौपचारिक रुपमा बताउदै आएका अध्यक्ष अधिकारीको यो संयोग बस परेको भनिएको भेट र सहभागिताले केहि दिन बुढानिलकण्ठको चिसो मौसमलाई तताउने देखिन्छ।

तपाइँको प्रतिक्रिया ।