चन्द्रागिरी नगरपालिका वडा नं ६ आँखा, नाक, कान र घांटीको निशुल्क स्वास्थ्य शिबिर हुने
कपन अनलाइन
काठमाडौं, माघ १४। चन्द्रागिरी नगरपालिका वडा नं ६ आँखा नाक कान र घांटीको निशुल्क स्वास्थ्य शिबिर हुने भएको छ । २०७७ साल माघ १५ गते बिहिबार बिहान १० बजे देखि ३ बजे सम्म चन्द्रागिरी ६ महादेवस्थानको स्वास्थ्य चौकीमा चन्द्रागिरि नगरपालिका ६ नं वडा कार्यलयको पहल र बि .पि नेत्र प्रतिष्ठानको प्राबिधिक सहयोगमा नेपाल रेयुकाई तथा तेस्रो मुख्य शाखा डि.बि गौतम र टोपेन्द्र तुफान राणा शिबुको क्रियाकलाप समिति बाट एक दिने आँखा नाक, कान र घांटीको निशुल्क स्वास्थ्य शिबिर संचालन गर्न लागिएको हुँदा उक्त निशुल्क स्वस्थ्य शिबिरमा सहभागी भई मौकाको फाइदा उठाउन वडा अध्यक्ष संजय सिग्देलले अनुरोध गरेका छन।
तपाइँको प्रतिक्रिया ।