Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/142566653_108538724560843_218419188622839418_o-e1611716328728.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/141921042_748391762725983_4355179939361631039_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/142424844_632600574177827_9067449144708461527_n-e1611715245214.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/143478294_743340306559793_1948584439870760894_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/142621560_416271986258597_9145727554862479911_n-e1611715762981.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/141876030_416273809591748_6746329834790327446_n-e1611716085714.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/143325525_108538041227578_2199403165335149612_o-e1611716195490.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

वाई वाई नेपाल स्टार सिजन १ का फाइनलिष्ट सुरेश लामा जिताउन सुन्ताखानमा आयोजित सांगेतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

कपन  अनलाइन

काठमाडौं माघ १४ ।नेपाल टेलिभिजनबाट प्रसारण हुने गायन रियालिटी शो वाईवाई पहिलो नेपाल स्टारको फाइनालिष्ट काठमाडौं गोकर्णेश्वर ३ तारेभिरका सुरेश लामाको लागि सांगेतिक कार्यक्रम सम्पन्न भएको छ   ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान बसपार्कमा गरिएको उक्त सांगेतिक कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, लगायत वडा सदस्य लक्ष्मण गोले,  जनप्रतिनिधिहरु  सहित  स्थानीय समाजसेवी हर्क बहादुर तामाङ, सम्भु प्रसाद अधिकारी , डा .निरञ्जन भण्डारी  संजय लामा ,किरण बहादुर बिष्ट , लाक्स श्रेष्ठ,  लगायत सुरेश लामा जिताउ समितिका पदाधिकारी सहित  स्थानीयको  बाक्लो उपस्थिति रहेको थियो ।

नेपाल स्टार फाइनलिस्ट  सुरेश लामाको सांगीतिक कार्यक्रममा हास्य कलाकार एबम गायक राजन चौलागाई (खैरांते) सहित अन्य स्थानीय कलाकारहरुको साथ रहेको थियो अपरान्ह ३ बजे देखि संचालन भएको सो कार्यक्रम साँझ ७ बजे सम्म चलेको थियो। कार्यक्रम संचालन समाजसेवी जयराम बिष्ट र रोजिना बिष्ट (रोज)ले गरेकी थिइन्।

 कार्यक्रममा सुरेश लामाले “पहराको छाती  भित्र”फुलबुट्टे सारी लगायतको दर्जनौ गीत प्रस्तुत गरेका थिए । गायन प्रस्तुति राख्दै सुरेशले आफुलाई नेपाल स्टारको फाइनलमा पुर्याउन सहयोग गर्ने समिति लगायत  सहयोगीहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै पहिलो नेपाल स्टारको उपाधि दिलाउन आफुलाई फाइनलमा विगतमा भन्दा पनि अधिक भोट, साथ सहयोगको अनुरोध गरेका थिए  ।

उनले आफ्नो जीत समग्र देश विदेशका शुभेच्छुक, शुभचिन्तक, सहयोगीका साथै समग्र को जीत हुने दाबी गरेका थिए । सो कार्यक्रमलाइ स्थानीय समाजसेवी दिपक थापाको सहयोग रहेको थियो भने सोहि कार्यक्रम मार्फत सुरेश लामा जिताउन सहयोगी दाताहरुले आर्थिक सहयोग समेत गरेका थिए।

गोकर्णेश्वर नगरपालिका वडा नं.३ तारेभिर निवासी  सुरेश लामा जिताउन नेपालसहित विदेशका बिभिन्न देशमा बस्ने नेपालीहरु बाट समेत  भोटिङका लागि  सहयोगका लागि जुटिरहेको सुरेश लामा जिताउ अभियानका हरिबोल बिष्टले जानकारी गराए । नेपाल टेलिभिजनबाट प्रसारण हुने गायन रियालीटी सो वाई वाई नेपाल स्टारको सिजन १ मा हजारौ प्रतिष्पर्धीहरुलाई पन्छाउदै फाईनल राउण्डमा  प्रवेश गरेका सुरेशलाइ नेपालीहरको भावना र  काठमाडौं गोकर्णेश्वरबासी  चाहाना अनुसार माघ १७ गते बिजयको माला पहिराउन सबैजना एक जुट हुन सुरेश लामा जिताउ अभियानका सदस्य रामेश्वर बिष्टले अनुरोध गरेका छन्  । सुरेशले उपाधि जितिसकेको अब घोषणा हुन मात्र बाँकी रहेको उद्घोष गरेका छन ।उनले थपे “हामीलाई बिश्वास छ, माघ १७ गतेको फाइनलमा गोकर्णेश्वर नगरपालिका तारेभिर ल इतिहास कायम गर्नेछ नेपालको पहिलो नेपाल स्टार सुरेश लामा घोसित हुनेछन”।

 

सुरेश लामालाई भोट गर्न मोवाइलको म्यासेज बक्समा NS18 लेखेर 33001  मा पठाउन सकिनेछ  । साथै Nepal Television को एप्लिकेसन डाउनलोड गरेर पनि भोट गर्न सकिनेछ । भोटिंग माघ १७ गते साँझ ६ बजे  सम्म गर्न सकिनेछ ।

सुरेश  वाई वाई नेपाल स्टारका काठमाडौंका एक मात्र प्रतिस्पर्धी हुन।कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले  गीत संगीत प्रतिको लगाब परिश्रम ,प्रतिभाकै कारण सुरेश फाइनलमा पुगेको बताउदै यो उचाइमा पुर्याउने सबैलाई धन्यबाद दिदै उपाधि दिलाउन अन्तिम पटक धेरै भन्दा धेरै भोट एबम सहयोग गर्न अनुरोध गरेका थिए। उनले सुरेशको जित सबैको जित हुने बताएका थिए।

तपाइँको प्रतिक्रिया ।