नगरपालिकाको काम लथालिंग छोडेर कांग्रेसको पुनर्ताजगी भ्रमणमा बुढानिलकण्ठका कर्मचारी
कपन अनलाइन
काठमाडौं ,माघ १२ ।
नगरपालिकाको काम लथालिंग छोडेर कांग्रेसको पुनर्ताजगी भ्रमणमा बुढानिलकण्ठका एक कर्मचारी सहभागी भए संगै यस विषयले अहिले निकै चर्चा पाएको छ।बुढानिलकण्ठ नगरपालिकाको प्राविधिक शाखामा कार्यरत कर्मचारी बिनोद पौडेल नेपाली कांग्रेसको सो भ्रमणमा नाचगान सहित अन्य गतिविधिमा निकै सक्रिय देखिए संगै अहिले नगरपालिकामा उनि चर्चाको केन्द्रमा रहेका छन।
बुढानिलकण्ठ नगरपालिकामा नेकपाका एक नेताले निकै न्यानो गरि काखी चयापेपछि एकाएक बिरालो बाट सिंहको झैँ शैली र रवाफ देखाउदै आएका उनले अहिले नगरपालिकाका हाकिम,जनप्रतिनिधि सहित अन्य कसैलाई पनि टेर्न र गन्न छोडेको भन्दै आलोचना र टिप्पणी पनि हुने गरेको छ।
जग्गा विकासको स्वीकृति ,नक्शा पास ,निर्माण सम्पन्न ,योजना अनुगमन , योजनाको डीपीआर निर्माण लगायतका महत्वपूर्ण काम गर्ने प्राविधिक शाखामा महत्वपूर्ण जिम्मेवारी पाएका उनले अहिले कुनै जनप्रतिनिधिले टिप्पणी वा गुनासो गर्दा समेत अव उनीहरुको १ वर्ष रहेको र अर्को निर्वाचनमा आफु पनि उम्मेदवार बनेर जित्न सक्ने भन्दै धम्क्याउने समेत गरेको एक जनप्रतिनिधिले बताएका छन।
बुढानिलकण्ठ नगरपालिकामा नेकपा र नेपाली कांग्रेसका प्रभावशाली नेता,संचारकर्मी र समाजसेवीहरुको सामुहिक पहलमा शुरु भएको एक व्यवसायमा साझेदारका रुपमा घुस्रीएका पौडेलले अहिले त्यहि सम्बन्धको तापलाई भजाउदै निकै रजगज गर्ने गरेको नाम नबताउने शर्तमा प्राविधिक शाखाका एक कर्मचारीले बताएका छन।
चाकरी ,चाप्लुसी र खुसामदमा पारंगत पौडेलले अहिले नगरपालिकाका सेवाग्राही भन्दा बढी स्थानीय नेताहरुको सेवामा समय बिताउने गरेको चर्चा धेरै अगाडी देखि चल्दै आए पनि उनलाई नसिहत वा कारवाही गर्नेहरु उनको सम्पर्कको शक्तिशाली जालोमा नराम्रो संग जेलिएर निरिह बन्ने गरेका छन।
लामो समय देखि साविक कपन गाविस र बुढानिलकण्ठमा कार्यरत उनि आगामी दिनमा प्रत्यक्ष राजनीतिमा प्रवेस गर्ने सम्भावना रहेकोले सोहि अनुसार सक्रियता बढाएको हुन् सक्ने नेपाली कांग्रेसका एक नेताले बताए ।