प्रमुख प्रशासकीय अधिकृत सरुवाको चलखेलमा बुढानिलकण्ठका वडा अध्यक्षहरु

कपन अनलाइन

काठमाडौं ,माघ १२।

कहिले पनि १ वर्ष सम्म कुनै पनि कार्यकारी नटिक्ने नगरपालिकाका रुपमा कुख्यात  परिचय बनाएको नगरपालिकाको कालो इतिहास मा अर्को अध्याय थपिन लागेको चर्चाले अहिले नगरको माहोल निकै गर्माएको छ।

बुढानिलकण्ठ नगरपालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत नारायण रिजाल सहसचिवमा नाम निकालेर गए संगै यस नगरपालिकामा आउन खासै कुनै पनि उपसचिवल मन नगरेको चुनौतिपूर्ण अवस्थालाई अवसरमा परिणत गर्छु भन्दै आएका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाको सरुवा गर्नुपर्ने माग वडा अध्यक्षहरु बाट उठे संगै अहिले नगरपालिकाको सुशासनमा निकै गम्भीर अशर परेको छ।

स्थानीय निर्वाचनमा पार्टीका कार्यकर्ता र जनताको अपार समर्थन पाएर  निर्वाचित भए देखि निरन्तर पाउदै आएको बेपताल नमस्कारले  नव सामन्त झैँ फुर्ति गर्ने अवस्थामा पुगेका वडा अध्यक्षहरु अहिले प्रमुख प्रशासकीय अधिकृत बाट खुसामद र चाप्लुसी कम भएको भन्दै हरेक बैठक,औपचारिक अनौपचारिक मंचहरुमा असन्तुस्टी व्यक्त गर्न थालेका छन।

बुढानिलकण्ठ स्थानीय सरकारले दिएको मन्त्री बरावरको विभिन्न समितिको नेतृत्व गरे पनि देखिने गरि सिन्का समेत भाच्न नसकेका कतिपय वडा अध्यक्षहरुले कार्यपालिका बैठक बहिस्कार गर्ने जस्ता धम्कि दिदै लोकले लाज मान्ने खालको नौटंकी गर्दा आश्चर्यमा परेका नगरवासी अहिले जम्मा ७ महिना नगरपालिकामा काम गरेका प्रमुख प्रशासकीय अधिकृत प्रति असन्तुस्टी जनाउदा निकै गम्भीर बनेको एक बुद्दिजिविले बताएका छन।

विभिन्न अनौपचारिक कुराकानी र संवादमा बुढानिलकण्ठ नगरपालिकाको सुशासन र सेवा प्रवाहमा आफ्नो क्षेमताको करिव १५ प्रतिसत मात्र खर्च गर्न पाएको गुनासो गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत सापकोटा वडा अध्यक्षहरुको यो हर्कतले निकै निरास बनेको प्रसासन शाखाका एक कर्मचारीले बताएका छन।

अहिले बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्नुपर्ने भन्दै आफ्ना व्यवसायिक साझेदारको संस्थालाई पटक पटक  बजेट हालेर दुर्नाम कमाएका ,आफन्तलाई उपभोक्ता समितिको अध्यक्ष र सचिव बनाउदै आफ्नै वडा सदस्यहरु बाट तिव्र विवाद आएपछि रातारात समितिको फाइल नगरपालिका बाट फर्काउने , आफ्ना सदस्यको ठेकेदारहरु संग अनावस्यक र गैरराजनीतिक सामिप्यता राख्ने , सार्वजनिक सम्पत्तिको खुलेआम दोहन हुँदा पनि मौन बस्ने ,आफ्नो वारेमा सार्वजनिक रुपमा प्रश्न उठ्दा समेत कुनै प्रतिक्रिया नदिने वडा अध्यक्षहरु प्रमुख अधिकृत हटाउने चलखेलमा लाग्नु हास्यास्पद प्रहसन भन्दा कम नभएको बताउदै एक कर्मचारीले उनीहरुलाई नपुगेको स्वागत सत्कारको लागि छुट्टै सत्कार तथा चाकरी शाखा बनाउनु पर्ने देखिएको भन्दै व्यंग्य गरेका छन।

यो प्रसंग उठे संगै केहि समय अगाडी नगरपालिकाका एक सल्लाहकारको नाम लेख्दा तलमाथि पारेको झोकमा सरुवामा परेका उपसचिव  प्रदिप पौडेलकै नियतिमा सापकोटालाई जान नदिन अहिले बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेल माथि निकै दवाव परेको छ। आफ्ना मन्त्री (वडा अध्यक्ष ) हरुलाई निकै पुल्पुलिएको सन्तान झैँ व्यवहार गर्दै आएका खरेलले उनीहरुको यो अनुचित र नगरपालिकाको हित विपरितको पहललाई साथ् दिन्छन कि एउटा अशल अभिभावकको भूमिका निर्वाह गर्दै उनीहरुलाई सम्झाउछ्न त्यो भने आउने समयले पक्कै देखाउने छ।

 

 

तपाइँको प्रतिक्रिया ।