विकासका लागि जनाताले देखेको सपना माथि काला बादल मडारिन थालेका छन :उपप्रधानमन्त्री ईश्वर पोखरेल

कपन अनलाइन

काठमाडौँ, माघ १२।

नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताको काम गर्ने क्रममा कहिलेकाही मेलो मिलाउन नजानिए पनि जनता प्रतिको  इमान र निष्ठामा कसैले पनि प्रश्न उठाउन नसक्ने बताएका छन ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ च्यासिन्डोलमा च्यासिन्डोल नमुना पार्कको शिलान्यास कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री  ईश्वर पोखरेलले नेपाली जनताले स्थिर र विकासमुखी कामका लागि आफ्नो जनादेश दिएको तर अहिले काला बादलहरु मडारिन थालेको धारणा राखेका थिए।

काठमाडौं उपत्यका विकास प्राधिकरणको आयोजनामा जलबायु उत्थानशील बिकासका लागि शहरी इकोसिष्टममा आधारित अनुकुलन अवधारणा  ६ करोडको लागतमा निर्माण हुन लागेको सो पार्क  शिलान्यास कार्यक्रममा उनले कहिले काही ठिक काम गर्दैजाँदा ढंग नपुर्याउन नजानिएको भए सचेत गराउन जनता संग आग्रह गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।