नेकपाका दुवै समूहले पाएनन् मान्यता पाएनन, कार्यकर्ताहरुको प्रश्न अब के हुन्छ ?

निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।

आयोगको आइतबार बसेको बैठकले साविककै विवरण कायम हुने भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जानकारी दिने निर्णय गरेको हो। ओली समूह र  दाहाल–नेपाल दुवै समूहले गरेको छुट्टाछुट्टै मागदाबीलाई आयोगले अस्वीकार गरेको छ।

आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड-माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्‍यौं’ एक आयुक्त भन्छन्, ‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएन ।’

नेकपाको विवरणमा परिवर्तन, संशोधन र हेरफेर हुन सक्ने देखिएन’, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने। प्रवक्ता श्रेष्ठले साविककै विवरण कायम हुने जानकारी दुवै अध्यक्षलाई दिने निर्णय आयोग बैठकले गरेको जानकारी दिए। दुवै समूहको दाबी नपुगेको निष्कर्ष आयोगले निकालेको छ। प्रधानमन्त्री ओली तथा अर्का अध्यक्ष दाहाल र माधवकुमार नेपाल पक्षले अलग–अलग ढंगले पार्टीमा लिएका निर्णय दलको विधानसम्मत नभएको आयोगको निष्कर्ष हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौडेलको उपस्थितिमा बैठक बसेको थियो।

आयोगको यो निर्णय संगै नेकपाका धेरै कार्यकर्ताहरुले अब के हुन्छ ? भन्ने प्रश्न गर्न थालेका छन। सम्भवत हिजो राति सबैभन्दा बढी कार्यकर्ता सोधेको प्रश्न पनि यहि रहेको थियो।

एउटा पार्टीका दुई समुह बनेर एउटा आफ्नै सरकारको विरोधमा प्रदर्शनमा रहेको र अर्को समुह निर्वाचनको मिति घोषणा गरेर तयारीमा लागेको अवस्थामा आएको निर्वाचन आयोगको निर्णयले आगामी केहि दिनलाई धेरै प्रश्न ,अनुमान र विश्लेषण गर्ने स्थान छोडेको एक राजनीतिक विश्लेषकले बताए ।

तपाइँको प्रतिक्रिया ।