जितकुण्डोको तालिम सुरु

कपन अनलाइन
काठमाडौं, माघ १०।
नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा छैटौं प्रशिक्षक पुनर्ताजगी तथा प्रशिक्षक प्रशिक्षण तालिम शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।
तालिमको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राखेप सदस्य पुरेन्द्रविक्रम लाखेलगायतको उपस्थिति रहेको थियो ।
दुईदिने तालिममा ४ प्रदेशका विभिन्न १२ जिल्लाका ३५ जनाको सहभागिता रहेको आयोजक संघले जनाएको छ । सहभागीलाई नेपाल जितकुण्डो मार्सल आर्ट्स संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक शिवबहादुर थापाले प्रशिक्षण दिने छन् । सहभागीलाई जितकुण्डोका परिवर्तित नयाँ नियमलगायतका विषयमा जानकारी दिइने प्रमुख प्रशिक्षक थापाले अवगत गराए ।

तपाइँको प्रतिक्रिया ।