बुढानिलकण्ठ नगरपालिकामा युनेस्कोको दुई दिने अभिमुखीकरण कार्यक्रम

कपन अनलाइन

काठमाडौं ,माघ ९।

बुढानीलकण्ठ नगरपालिकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगकोआयोजनामा ‘सांस्कृतिक सम्पदा (भौतिक/ अभौतिक) संरक्षण सम्वर्द्धनमा युवा अभियान’ नामक दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ। वडा नं ०५ मा रहेको बुढानिलकण्ठ स्कुलमा माघ ९ (सुक्रबार) सम्म हुने कार्यक्रममा नगरपालिकाको विभिन्न वडा बाट सांस्कृतिक बिषयमा चासो राख्ने विविध क्षेत्रका स्थानिय युवाहरुको सहभागिता रहेको छ।

कार्यक्रममा युनेस्कोको  परिचय , यसका उद्देश्यहरु ‘युनेस्को’ सम्मेलन, मुर्त/अमुर्त सांस्कृतिक सम्पदाका किसिमहरु, सांस्कृतिक सम्पदा संरक्षण र प्रवर्धनमा युवा, स्थानिय सरकार तथा ‘युनेस्को’को भुमिका र राष्ट्रिय तथा स्थानिय तहमा योजना निर्माणका ढाँचा बारे विज्ञहरु द्वारा प्रस्तुतिकरण गरिएको थियो।

कार्यक्रममा युनेस्को नेपाल आयोगका उपमहासचिव डा.बाबुराम अधिकारी, सचिवालय सचिव युवराज पौडेल, सचिवालय सदस्य उशा पोख्रेल , डा.सुरेस सुरास श्रेष्ठ , उमेश रेग्मी , डा. शेर बहादुर धिमाल, हरि बंश किँरात, निपुना श्रेष्ठ , दिपक सरकार, जयन्ति श्रेष्ठ लगायत प्रस्तुतकर्ता  रहेका छन्।

 

तपाइँको प्रतिक्रिया ।