प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली कांग्रेस बुढानिलकण्ठ -१२ को प्रदर्शन

कपन अनलाइन

काठमाडौं ,माघ ८।

प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली कांग्रेस बुढानिलकण्ठ -१२ ले  प्रदर्शन गरेको छ। नेपाली कांग्रेसका महासमिति सदस्य साधुराम खड्का,वडा नं १२ का उपसभापति सुनीत चालिसे ,नेपाल  तरुण दल बुढानिलकण्ठका अध्यक्ष राजु विक्रम थापा लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागितामा भएको विरोध र्यालीले वडाका विभिन्न स्थानहरुमा घुमेको थियो।

पुस ५ गते भएको प्रतिनिधि सभा विघटनका विरुद्धमा देश ब्यापी कार्यक्रम आयोजना गर्दै आएको नेपाली कांग्रेसले  माघ ८ गते नेपालका सबै वडामा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरे अनुसार वडा नं १२ मा पनि प्रदर्शन गरिएको तरुण दल बुढानिलकण्ठका सदस्य नवराज खनालले जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।