ओखलढुंगा जिल्ला सुनकोशी गाउँपालिका वडानं  ०९ कटुन्जेका ५८ जना नेपाली कांग्रेस प्रवेस

ओखलढुंगा जिल्ला सुनकोशी गाउँपालिका वडानं  ०९ कटुन्जेका ५८ जना नेपाली कांग्रेस प्रवेस

कपन अनलाइन

काठमाडौं ,माघ ८।

ओखलढुंगा जिल्ला सुनकोशी गाउँपालिका वडानं  ०९ कटुन्जेमा आयोजित संसद विघटन, सर्वसत्तावाद र भ्रष्टचार विरूद्द लोकतान्त्रिक संबिधान रक्षका पक्षमा आयोजित बिरोध सभामा तत्कालीन नेकपा. एमाले बाट पुर्व वडा सदस्य फागु कुमारी सुनुवार, नेकपाको संगठित सदस्यहरु सुबास के सि, ओम भुजेल नवीन भुजेल सहित  करिव ५८ जना नेपाली कांग्रेस  प्रवेश गरेका छन।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व सांसद तथा नेपाली काङ्ग्रेसको प्रभावशाली युवा नेता रामहरी खतिवडाले  कम्युनिस्टहरूले सरकार चलाउन नसकेको बताउदै जनताले निर्वाचित गरेको संसदको हत्या भएको धारणा राखेका थिए।

उक्त  पार्टी प्रवेशमापुर्व सांसद तथा नेपाली काङ्ग्रेसका  नेता रामहरी खतिवडा, काङ्ग्रेस जिल्ला पार्टी सभापति प्रदिप कुमार सुनुवार, नेपाली काङ्ग्रेस जिल्ला उप-सभापति तेजेन्द्र खनाल, सचिव रुद्र अधिकारी युवा नेता अशोक कार्की , कमल तमाङ, बालकृष्ण  दाहाल र सर्वधन तामाङले स्वागत गरेको पुर्व सांसद तथा नेपाली काङ्ग्रेसको प्रभावशाली युवा नेता रामहरी खतिवडाको स्वकीय सचिव हुकुम राइले जानकारी दिएका छन्  ।

तपाइँको प्रतिक्रिया ।