कागेश्वरी मनोहरा नगरपालिकामा Antizen प्रबिधि मार्फत निशुल्क कोरोना परिक्षण हुने

कपन अनलाइन

काठमाडौं,माघ ८। कागेश्वरी मनोहरा  नगरपालिकाले  Antizen प्रबिधि मार्फत निशुल्क कोरोना परिक्षण गर्ने  प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ। नगर प्रवक्ता राजाराम पुडासैनी द्वारा जारी गरेको उक्त प्रेस बिज्ञप्तिमा भनिएको छ । हाल विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथाममा लागि नेपाल सरकार बाट अति प्रभावित स्थानमा निशुल्क Antizen प्रबिधि मार्फत निशुल्क कोरोना परिक्षण हुन लागेको हुँदा मिति २०७७साल  पौष २१ गतेको EDCD टेकुको प्राबिधिक सहयोगमा निम्न स्थान मिति र समयमा परिक्षण गरिने भएकोले सबै  नगर बासीहरुलाई  जानकारीको लागि सो बिज्ञप्ति जारि गरिएको उल्लेख गरिएको छ।

परिक्षण गरिने समूह

१) सबै स्वास्थ्यकर्मी

२)महिला स्वास्थ्य स्वयं सेविका

३) बैंक/वित्तीय संस्थाका कर्मचारी

४)सवारी साधन चालक /एम्बुलेन्सचालक

५) कोभिड १९ का लक्षण भएका तथा संक्रमित संग सम्पर्क भएका ब्यक्तिहरु

६) बिभिन्न व्यवसाय गर्ने ब्यपारीहरु

क) २०७७ माघ १० गते बिहान ११ बजे देखि ३ बजे सम्म गान्धी स्कुल काँडाघारी वडा नं ९

ख) २०७७ माघ ११ गते बिहान ११ बजे देखि ३ बजे सम्म  मुलपानी चौर वडा नं ६

ग) २०७७ माघ १२ गते बिहान ११ बजे देखि ३ बजे सम्म थली चौर वडा नं ५

 

 

 

तपाइँको प्रतिक्रिया ।