बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का गायक निर्मल दाहालको नयाँ  गीत ‘अचेल मायाको’  सार्वजनिक

कपन अनलाइन

काठमाडौं ,माघ ७।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा स्थायी रुपमा बस्दै आएका  गायक निर्मल दाहालको नयाँ  गीत ‘अचेल मायाको’ भिडियो सार्वजनिक भएको छ। रङ्गकर्मी  सन्दीप डङ्गोलको शब्द तथा सङ्गीतमा रहेको उक्त गीतमा चर्चित गायक  नवीन के भट्टराईको सङ्गीत संयोजन रहेको छ।

गीतको भिडियोमा गायक निर्मलसँगै मनोज सापकोटा र आस्था बस्नेतको अभिनय रहेको छ। राजीव थापा र मिलन तामाङले खिचेको उक्त भिडियोलाई रितेश जङ्ग छेत्री र विशाल लामाले सम्पादन गरेका हुन्।

गीतको भिडियोको निर्देशन मन्दिर बखुंचेले गरेका हुन्।

गीतको भिडियो गायक निर्मल दाहालकै अफिसियल युट्युब मार्फत हेर्न सकिन्छ भने संसार भरका  स्ट्रिमिंग प्लेटफार्महरूबाट सुन्न सकिने दाहालले बताए।

यो उनको दोस्रो गीत हो। उनले एक वर्ष अगाडि पहिलो गीत जव घाम ढल्छ रिलिज गरेका थिए।

तपाइँको प्रतिक्रिया ।