वाई वाई नेपाल स्टार सिजन १ का फाइनलिष्ट सुरेश लामा जिताउन जोरपाटीमा सांस्कृतिक कार्यक्रम

वाई वाई नेपाल स्टार सिजन १ का फाइनलिष्ट सुरेश लामा जिताउन जोरपाटीमा  सांस्कृतिक कार्यक्रम

कपन अनलाइन

काठमाडौं,माघ ७। सिङ्गिङ रियालिटी शो वाई वाई नेपाल स्टार सिजन १ का  उपाधिका दावेदार काठमाडौं  गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरका सुरेश लामा  फाइनलमा प्रवेश गरे संगै उनलाई जिताउन सुरेश लामा जिताऔं अभियान तिब्रताका साथ अघि बढेको छ उनलाई बढी भन्दा बढी भोट गरेर जिताउनको लागि अभियानकर्ताहरु दिन रात नभनी सक्रिय रहदै कार्यक्रमहरु गरिरहेका छन् ।

 नेपाल स्टार सिजन १ मा टप ५ बाट ४ अर्थात फाइनलमा गोकर्णेश्वर तारेभिरका सुरेश लामासंगै    पोखराकी  एलिना गुरुङ ,ताप्लेजुङका लक्ष्मण लिम्बु, सुनसरीका सन्देश बोमजन लामा प्रवेश गरे भने पोखरा कै अमिन परियारको नेपाल स्टार सिजन १ को यात्रा टुङ्गिएको छ।फाइनल प्रवेश गरे संगै  गोकर्ण तारेभिर लगायतको स्थानमा  आइपुगेका सुरेश लामालाइ भब्य स्वागत गरिएको सुरेश लामा  जिताऔं समितिले  जानकारी गराएका छन्   ।

सुरेशले गीत संगीतमै समर्पण हुने, गीत संगीत क्षेत्रबाट समाज, मुलुकलाई योगदान दिने अठोट सहित नेपाल स्टारमा सहभागी हुदै फाइनल प्रवेश गराउन साथ, सहयोग र अभियान संचालन गर्ने सम्पुर्णलाई धन्यवाद एवम आभार व्यक्त गरेका छन ।उपाधि दिलाउन आफुलाई सक्दो भोट गरिदिन सुरेश लामाले सम्पुर्णलाई पुनःआग्रह गरेका छन ।सुरेश लामा जिताउ  समिति द्वारा गोकर्णमा आयोजित कार्यक्रम मार्फत सुरेश लामालाई जिताउन सबै प्रकारका प्रयासहरुलाई तिव्र बनाउने बताएका थिए ।

मंगलबार जोरपाटि चोकमा सुरेश लामा जिताऔं अभियान अन्तर्गत समाजसेवी दीपक लामाको संयोजकमा  भएको साँस्कृतिक कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख  सन्तोष चालिसेले सुरेश लामा गोकर्णेश्वर नगरपालिकाको ग्रामिण क्षेत्र तारेभिरमा बस्ने प्रतिभावान सम्पत्ति भएकोले सबैले वाई–वाई नेपाल स्टार बनाउन आ आफ्नो तर्फबाट भोट हालेर सहयोग गर्न अपिल गरेका थिए  । उनले वाई–वाई नेपाल स्टारमा टप चारमा पुगेका सुरेश लामालाई जिताउन भूमिका खेल्न समेत नगरवासीहरुलाई आग्रह गरेका थिए  । उक्त कार्यक्रममा नया बस्ति युवा क्लब , गैरीगाउँ युवा क्लब, सुन्दरटोल युवा क्लब, युथ अफ गोकर्णेश्वर नारायणटार युवा क्लब ,छहारी युवा क्लब राधाकृष्ण, लायन्स क्लब अफ काठमाडौं जर्नी  भगवती युवा क्लब ,सम्मुनत जलपादेबी, स्वतन्त्र टोल सुधार समिति लगायत बिभिन्न संघ संस्था तथा क्लबहरुको सहयोग रहेको  थियो  ।

उल्लेख्य दर्शकहरुको सहभागिता रहेको सांस्कृतिक कार्यक्रममा गोकर्णेश्वर नगरपालिका उपप्रमुख   शान्ति नेपाल, प्रमुख सल्लाहकार दपक रिसाल, गोकर्णेश्वरनगरपालिका   वडा नं. ६ का वडा अध्यक्ष रमेश अर्याल, वडा नं. ५ का अध्यक्ष नारायण सुवेदी, वडा नं. ८ का वडा अध्यक्ष मनोज ढुँगाना, बौद्ध क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बसन्त  लामा लगायतको उपस्थिती रहेको थियो ।

अनिल सुनामले संचालन गरेको कार्यक्रममा सहभागी कलाकारहरुले सुरेशलामालाई जिताउन सक्दो भोट गर्न अनुरोध गरेका थिए ।कार्यक्रममा सुरेश लामा संगै गायिका रेश्मा भोम्जन लामा , बसन्ती लामा , प्रदिप लामा , पासाङ्ग लामा लगायतका कलाकारहरुले आफ्नो साँगीतिक प्रस्तुति दिएका थिए । सुरेश लामालाई भोट गर्न मोवाइलको म्यासेज बक्समा NS18 लेखेर 33001  मा पठाउन सकिनेछ  । साथै Nepal Television को एप्लिकेसन डाउनलोड गरेर पनि भोट गर्न सकिनेछ । भोटिंग माघ १७ गते सम्म गर्न सकिनेछ । लामा काठमाडौंका एक मात्र प्रतिस्पर्धी हुन् वाई वाई नेपाल स्टारका ।

तपाइँको प्रतिक्रिया ।