जन्मदिनको अवसरमा पत्रकार सुवेदी द्वारा स्व डम्बरबहादुर स्मृति पत्रकारिता पुरस्कारका लागि चेक हस्तान्तरण

कपन अनलाइन

काठमाडौं ,माघ ७।

प्रेस संगठन नेपाल सुनसरीले स्थापना गरेको   स्व डम्बरबहादुर स्मृति पत्रकारिता पुरस्कारका लागि प्रेस संगठन नेपाल बागमती प्रदेश इञ्चार्ज विश्वमणी सुवेदीले चेक हस्तान्तरण गरेका छन् ।

सुवेदीको  जन्मदिनको अवसर पारेर  सोमबार काठमाडौको धुम्बाराहीमा आयोजित एक समारोहको बिच ११ हजार १ सय एकको चेक संगठनलाई हस्तान्तरण गरिएको हो  ।प्रेस संगठनका केन्द्रिय सदस्य देवेन्द्र कार्कीलाई  संगठनका केन्द्रिय संयोजक महेश्वर दाहाल मार्फत छेक  हस्तान्तरण गरिएको हो ।

सुनसरीका पुराना बामपञ्थी विचारमा आस्था राख्ने पत्रकार थापाको नाममा सुवेदीले सुनसरीका एक जना क्रियाशिल पत्रकारलाई  पुरस्कृत गर्दै आएका छन्।

सुनसरीको इनरूवा घर भई बुढानिलकण्ठ -१० मा बसोवास गर्दै  सक्रिय पत्रकारिता गर्दै आएका सुवेदीले  आफ्नो जन्मदिन सार्थक बनाउन पुरस्कार स्थापना गरिएको बताएका छन  ।

 

तपाइँको प्रतिक्रिया ।