लिखु गाउँपालिकाका करिव नेकपा जिल्ला अध्यक्षका दाजु सहित तिन दर्जन नेपाली कांग्रेसमा प्रवेस

कपन अनलाइन 

ओखलढुंगा ,माघ ६।

ओखलढुंगा जिल्ला लिखु गाउँपालिका वडा नं  २ हुलाक चौरमा आयोजित पार्टी प्रवेश तथा नेता- कार्यकर्ता भेटघाट कार्यक्रममा प्रदेस सभा सदस्य  सांसद मोहन खड्काका दाजु चन्द्र बहादुर खड्का सहित तिन दर्जन नेपाली कांग्रेसमा प्रवेस गरेका छन।

उक्त कार्यक्रममा  सम्बोधन गर्दै पुर्व सांसद तथा नेपाली काङ्ग्रेसका  नेता रामहरी खतिवडाले गठबन्धनको  नाममा २ तिहाई नजिक जितेको कम्युनिस्ट  सरकार २ बर्ष पनि चलाउन नसकेको बताउदै  राणा र राजा फालेर देशलाई संविधान दिएको काङ्ग्रेस मुलुक निर्माण गर्नको देशलाई सहि बाटोमा हिडाउन अब सबै हामी साथ र संगै रहनु पर्ने धारणा राखेका थिए।

‘ओली र कम्युनिस्टहरूले सरकार चलाउन सकेनन् । जनताले निर्वाचित गरेको संसदको हत्या भएको छ’, खतिवडाले भनेका छन्, ‘कम्युनिस्टलाई संस्कार सिकाउँछौँ भनेका थियौँ । संसदीय व्यवस्था नमान्नेलाई संसदवादी बनायौँ । शिक्षक मार्नेलाई संसदमा लग्यौँ । ओली र नेकपाले संसद विघटन गरेर जनतामाथि ठूलो घात गरेका छन।’

पार्टी प्रवेश गर्दै चन्द्र बहादुर खड्काले आफू नेकपा बाट प्रवेश गरेको सुनाउदै  यो पार्टीको लागी धेरै दु:ख गरियो तर कम्युनिस्टहरुले  राज्य चलाउदा गरेको  अराजकता संग  दिक्क भएर नेपाली कङ्रेस प्रवेश गरेको बताएका छन  ।

त्यस्तै  जिल्ला पार्टी सभापति प्रदिप कुमार सुनुवारले  कम्युनिस्टहरु  जाल र झेल गर्न सिपालु भएकोले ढाटेर झेली गरेर जितेको आरोप लगाउदै  नेपालको बिकास निर्माणको बाधक  कम्युनिस्टभएको र नेपालको कमनिस्ठहरु सबै नक्कली हुन भनेर  विश्वको शक्ति राष्ट्र चाइनाले समेत अस्ति घोषणा गरेको बताएका थिए।

पार्टी प्रवेशमा पुर्व सांसद तथा नेपाली काङ्ग्रेसका  नेता रामहरी खतिवडा,  जिल्ला पार्टी सभापति प्रदिप कुमार सुनुवार, नेपाली काङ्ग्रेस जिल्ला उप-सभापति तेजेन्द्र खनाल, युवा नेता अशोक कार्की जिल्ला कार्या समिती रामचन्द्र बोगटी, राजन सुवेदी र सर्वधन तामाङले मन्तव्य राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।