गोसाइँकुण्ड एकीकृत विकास परियोजनाको बहुवर्षीय ठेक्का आह्वान
कपन अनलाइन
काठमाडौं ,माघ ४।
गोसाइँकुण्ड एकीकृत विकास परियोजनाको बहुवर्षीय ठेक्का आह्वान गरिएको छ।गोसाइँकुण्ड एकीकृत विकास परियोजना अन्तर्गत पहिलो चरणमा गोसाईकण्ड क्षेत्रमा सिढी निर्माण, स्नान गृह निर्माण, नाचघर निर्माण, शौचालय निर्माण र पानी तथा ढल व्यवस्थापन गरिनेछ।
बागमती प्रदेस सरकारको योजना अनुसार सो स्थानामा काजी अमरसिंह थापाको शालिक र महादेवको मूर्ति समेत निर्माण गरिनेछ। काठमाडौंको कागेश्वरीमा स्थानिय हरुको सहयोगमा कवाड संकलन गरेर विश्वकै ठुलो कागको मुर्ति स्थापनाको अन्तिम चरणमा पुगेको जानकारी दिदै प्रदेसका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले सो स्थानमा पनि जनताको प्रत्यक्ष सहभागीताका लागि अभियान शुरु गर्ने बताएका छन ।
तपाइँको प्रतिक्रिया ।