शंखरापुर नगरपालिकामा पर्यटन प्रवद्धनका लागि साइकल र्याली
कपन अनलाइन
काठमाडौं, माघ ४। शंखरापुर नगरपालिकामा पर्यटन प्रवद्धनका लागि साइकल र्याली सम्पन्न भएको छ। इन्द्रायणी युवा समाजको आयोजनामा माघ १ गते भएको उक्त साइकल र्यालीको बागमती प्रदेश सभा सदस्य मणिराम फुयाल र शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए । इन्द्रायणी चोक बाट शुरु भएको साइकल र्याली सानो गाँउ हुदै लाकिल्ला पुगि पुन इन्द्रायणी मन्दिरमा पुगेर सम्पन्न भएको थियो। इन्द्रायणी मन्दिरमा एक कार्यक्रमका बीच पदमार्ग निर्माण तथा अन्तरिक पर्यटन प्रवर्द्धन अभियानको औपचारिक घोषणा समेत गरिएको थियो ।
साँस्कृतिक कार्यक्रमका बीच साइकल र्यालीमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो। कार्यक्रमलाइ सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य मणिराम फुयालले युवाहरू परिवर्तनका संबाहक भएको बताएका थिए। पर्यटनको बिकास र पर्वद्धनले मात्र समृद्धि हासिल हुन सक्ने बताउदै उनले त्यसको लागी ब्यापक प्रचार प्रसार गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमलाइ सम्बोधन गर्दै शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले इन्द्रायणीलाइ पर्यटनको गन्तब्य बनाउन भौतिक पुर्वाधारको बिकासलाइ जोड दिएको बताएका थिए । इन्द्रायणी मन्दिर देखी राम मन्दिर सम्म झुलुङगे पुलको निमार्ण तथा पार्क निमार्णको लागि पहल भइरहेको जानकारी गराउदै शंखरापुर नगरापलिकाको ऐतिहासिक सम्पदा बस्ती साँखु जस्तै इतिहास बोकेको चुगाँ ( सानो गाँउ) को बिकासले पनि पर्यटन आगमनलाइ बढवा दिने बताएका थिए ।इन्द्रायणी युवा समाजका अध्यक्ष मनोज थापाले आफ्नो गाँउ ठाँउलाइ चिनाउन कार्यक्रम आयोजना गरिएको जानकारी गराएका थिए । कार्यक्रममा राष्ट्रिय कलाकारहरूको समेत सहभागिता रहेको थियो ।