गोल्फुटार बास्केटबल कोर्टमा नेपाली कांग्रेस बुढानिलकण्ठको विरोध सभा
कपन अनलाइन
काठमाडौं ,माघ ३।
नेपाली कांग्रेस बुढानिलकण्ठको आयोजनमा वडा नं ८ मा रहेको बास्केटबल कोर्टमा विरोध सभा सम्पन्न भएको छ। नेपाली कांग्रेसका युवा नेता तथा विघठित प्रतिनिधि सभामा काठमाडौं -४ बाट निर्वाचित सांसद गगन कुमार थापाको प्रमुख आतिथ्यतामा भएको उक्त सभामा नगरपालिकाका १३ वटै वडा बाट कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
विघठित प्रतिनिधि सभा सदस्य दिव्यमणि राज भण्डारी , बागमती प्रदेस सभा सदस्य न्युछे नारायण श्रेष्ठ ,भीमसेन खत्री ,महासमिति सदस्य साधुराम खड्का ,प्रेम बहादुर खड्का,क्षेत्रीय सभापति राजु श्रेष्ठ ,प्रदेस क्षेत्रीय अध्यक्ष बिनोद चालिसे, नगर प्रतिनिधि राजाराम बुढाथोकी, लगायत अतिथि रहेको उक्त विरोध सभाको अध्यक्षता नगर सभापति गणेश कोइरालाले गरेका थिए।
नगर उपसभापति गोकर्ण केसीको स्वागत मन्तव्य रहेको उक्त विरोध सभाका वक्ताहरुले सरकारले गरेको प्रतिनिधि सभा विघटन असंबैधानिक रहेको भन्दै यसको विरोधमा सक्रिय बनेर आन्दोलनमा सहभागी हुनुपर्नेमा जोड दिएका थिए।