म पदको लागि क्वा क्वा रुने मान्छे हैन ,निरन्तर संगठनमा लाग्छु :विदुर विक्रम खडका

कपन अनलाइन

काठमाडौं ,माघ २।

नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला कमिटीका सचिवालय सदस्य विदुर विक्रम खड्काले आफु पदको लागि  क्वा क्वा रुने मान्छे नभएको बताएका छन।

नेकपा बुढानिलकण्ठ -२ कमिटीको आयोजनामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खड्काले नेपाली कम्युनिस्ट आन्दोलनमा अहिले देखिएको समस्या समाधान गर्नका लागि पद भन्दा पनि संगठनलाई केन्द्रमा राखेर सबैले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने धारणा राखेका थिए।

अहिले नेकपामा देखिएको विवादका कारण विभाजनको खतरा बढेको अवस्थामा आन्दोलनको भन्दा पनि पदको चिन्ता गर्ने प्रवृति निकै बढेकोमा चिन्ता व्यक्त गर्दै उनले यस्तो विषम समयमा सबैले पार्टी हितलाई मध्ये नजर गरेर जनताको घर घरमा पुग्नुपर्ने बताएका हुन्।

करिव ४ दशक बुढानिलकण्ठको कम्युनिस्ट आन्दोलनमा सक्रीय रहेका बिदुर बेग उपनामले चिनिने खड्काले नगरपालिकाका केहि मित्रहरुले बाटो बिराउने चिन्ता भएको भन्दै बेलैमा प्रधानमन्त्री ओलीले चालेको कदमको समर्थन गर्दै  कम्युनिस्ट आन्दोलनको मूलधारमा आउन अपिल गरेका थिए ।

 

 

 

तपाइँको प्रतिक्रिया ।