गोकर्णेश्वर नगरपालिका माकलबारी क्षेत्रका पांच स्थानमा सिसिटिभी क्यामरा जडान

गोकर्णेश्वर नगरपालिका माकलबारी क्षेत्रका पांच स्थानमा सिसिटिभी क्यामरा जडान

कपन अनलाइन

काठमाडौं, माघ १। गोकर्णेश्वर नगरपालिका वडा नं ८ माकलबारी क्षेत्रका मुख्य सडकका पांच स्थानमा सिसिटिभी क्यामरा जडान गरिएको छ ।गोकर्णेश्वर नगरपालिकाको सहयोगमा माकालबारी युवा क्लब तथा महानगरीय प्रहरी बिट माकलबारीको  समन्वयमा सिसिटिभी क्यामरा जडान गरिएको हो ।

दुर्घटना न्यूनीकरणका साथै सुरक्षामा  प्रहरीको निगरानी र पारदर्शिताका लागि सिसिटिभी जडान गरिएको महानगरीय प्रहरी बिट प्रमुख प्रहरी सहायक निरीक्षक लोकेन्द्र गिरिले कपन अनलाइनलाइ जानकारी गराए ।सिसिटिभी जडानपछि सुरक्षाप्रति जनताको विश्वास अझ बढ्ने बिश्वास ब्यक्त गर्दै सडक जाम, दुर्घटनाको जानकारी, दुर्घटना पछिको रेस्क्यू, अपराधपछि भाग्ने अवस्थाको न्यूनीकरणका लागि पनि  सिसिटिभी जडान महत्वपुर्ण भएको बताए । सिसिटिभीको मोनिटरिङ महानगरीय प्रहरी बिट माकलबारी बाट गरिनेछ ।

तपाइँको प्रतिक्रिया ।