दक्षिणकाली नगरपालिका वडा नं ६ मा फुल्चोकको विकासका वारेमा स्थानीयहरु संग छलफल
कपन अनलाइन
काठमाडौं ,पुस २९/रुपेश बलामी
दक्षिणकाली नगरपालिका वडा नं ६ मा फुल्चोकको विकासका वारेमा स्थानीयहरु संग छलफल गरिएको हो। वडाको सो क्षेत्रको विकासका वारे स्थानीयहरु संग भएको छलफलमा बागमती प्रदेस सभा सदस्य पुकार महर्जन ,दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत लगायतको उपस्थिति रहेको थियो।
उक्त बैठकमा स्थानीयहरुले गाउँमा विकास र अन्य विकासका योजनाहरुका वारेमा जिज्ञाशा र अवधारणा राखेका थिए भने जनप्रतिनिधिहरुले स्थानीयहरुले राखेको मागको सम्बोधन हुने प्रतिवादत्ता ब्यक्त गरेका थियो।
सो अवसरमा स्थानीयहरुले निम्न योजनाहरु प्रस्ताव गरेका थिए :
१.मोटर बाटोको मर्मत् तथा कालोपत्रे गर्ने
२.गोरेटो बाटो मर्मत
३ .बाजा प्रसिक्षणका लागी सामग्री व्यवस्थापन
४.मन्दीर नजिक पाटीपैवाको निर्माण
५.खानेपानीको लागी एक घर एक धारा
स्थानीयहरु संगको छलफल पश्चात योजनाहरुको अनुगमन समेत गरिएको सो अवसरमा नगर प्रमुख बस्नेतले बाजा खरिदका लागि आफ्नो एक महिनाको तलव प्रदान गर्ने घोषणा गरेका थिए भने प्रदेस सभा सदस्यले विकास निर्माणका हरेक गतिविधिमा सक्रिय सहयोग गर्ने धारणा राखेका थिए।