ओखलढुंगाको सिद्दीचरण नगरपालिकाका ४ नेता प्रचण्ड-नेपाल पक्षमा

ओखलढुंगाको सिद्दीचरण नगरपालिकाका ४ नेता प्रचण्ड-नेपाल पक्षमा

कपन अनलाइन

काठमाडौं ,पुस २९।

ओखलढुंगाको सिद्दीचरण नगरपालिकाका ४ नेता बिज्ञप्ति जारी गर्दै  प्रचण्ड-नेपाल पक्षमा खुलेका छन। सिद्धिचरण नगरपालिकाका इन्चार्ज गुण कुमार राई ,सह इन्चार्ज रुपेस शाक्य ,अध्यक्ष मेख बहादुर खड्का र सचिव कुल बहादुर नेपालीले  एक बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी ओली द्वारा गरिएको संसद विघटन असंबैधानिक रहेको बताएका छन।

नेपाल कम्युनिस्ट आन्दोलनमा अहिले देखा परेका समस्या र संविधान माथि संकट परेको भन्दै उनीहरुले संविधान रक्षाका लागि लाग्न सम्पूर्ण नगरवासीहरुमा अपिल समेत गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।