गोकर्णेश्वर नगरपालिका १ पाथिभरा टोलमा स्वास्थ्य भवन निर्माणको लागि जग्गा नापजांच सम्पन्न

गोकर्णेश्वर नगरपालिका १ पाथिभरा टोलमा स्वास्थ्य भवन निर्माणको लागि जग्गा नापजांच सम्पन्न

कपन अनलाइन

काठमाडौं, पौष २८ । गोकर्णेश्वर नगरपालिका वडा नं.१ पाथिभरा टोलमा स्वास्थ्य भवन निर्माण को लागि जग्गा नाप जांच सम्पन्न भएको छ  । स्वास्थ्य भवन निर्माणका लागि प्राविधिक टोलीबाट सोमबार जग्गा नापजाँच कार्य गरिएको वडा अध्यक्ष राम मानन्धरले कपन अनलाइनलाइ जानकारी गराए  । करिब २ रोपनी जग्गामा बन्न लागेको  ६ कोठे  स्वास्थ्य भवन निर्माण सम्पन्न पश्चात  संचालनमा आए पछि गोकर्णेश्वर नगरपालिका वडा नं. १ का बडाटार, गडाडोल, रुप्सेटार र वरपरका क्षेत्रका साथै वडा नं. २ नयाँपाटी, राइटारका बासिन्दाहरु समेत  लाभान्वित हुने बताउदै अध्यक्ष मानन्धरले  यसै आर्थिक वर्षको असार मशान्तसम्ममा  निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइएको  बताए।

 सोमबार अध्यक्ष राम मानन्धर वडा सदस्य राजेन्द्रकुमार रोक्का  नगरपालिकाका इन्जिनियर विश्वराम पण्डित , प्राबिधिक  गौरिशंकर भण्डारी लगायतको प्राविधिक टोलीबाट जग्गाको नापजाँच गरिएको  थियो ।भवन निर्माण पस्चात स्थानीय गरिव, विपन्न, आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको पहुँचमा स्वास्थ्य सेवा पुग्नेछ।

तपाइँको प्रतिक्रिया ।