पार्टी एकताका लागि सबै आफ्नो ठाउँ बाट उठौ : नेकपा नेता रामप्रसाद चौलागाई

पार्टी एकताका लागि सबै आफ्नो ठाउँ बाट उठौ : नेकपा नेता रामप्रसाद चौलागाई

कपन अनलाइन

काठमाडौं ,पुस २७।

बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा संगठित भएर लामो समय देखि निरन्तर कम्युनिस्ट आन्दोलनमा लागेका पुराना तथा त्यागी नेता राम प्रसाद चौलागाईले पार्टी एकताका लागि सबै आफ्नो ठाउँ बाट उठ्न अपिल गरेका छन।

करिव ३ दशक देखि निरन्तर कम्युनिस्ट आन्दोलन र संगठनमा सक्रिय रहेका चौलागाईले नेकपाको एकताले नै नेपाली जनताको सपना पुरा गर्ने बताउदै  बुढानिलकण्ठ नगरपालिकाका नेता तथा कार्यकर्ताहरुलाई एक हुन् अपिल गरेका छन।

नेपालको समृद्धिका लागि नेपाली जनताले एकतावद्ध र मजबुत पार्टी खोजेको कपन अनलाइनलाई बताउदै विभाजन ,विवाद र फुटले सम्पूर्ण आन्दोलन र उपलव्धिहरुलाई गुमाउने खतरा रहेको धारणा राखेका छन।

विषम परिस्थितिमा अलग अलग धारमा हिडिरहेका आफ्ना सहकर्मी कमरेडहरुलाई पुन जोड्ने पुलको काम गर्ने अभियान शुरु गरेको जानकारी दिदै नेता चौलागाईले अभियानमा सामेल हुन् बुढानिलकण्ठका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन।

तपाइँको प्रतिक्रिया ।