स्वतन्त्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं बार्षिक साधारण सभा सम्पन्न

स्वतन्त्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं बार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौँ, पौष २६। गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा संचालित स्वतन्त्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। सहकारी विभागले जारी गरेको निर्देशिका अनुसार संस्थाको  पौष १८ गते देखि  सुरु भएको साधारण सभा पौष २५ गते  शनिबार सम्पन्न भएको हो।

 

 गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित नव सुन्ताखान एकेडेमी सुन्ताखानमा सम्पन्न भएको साधारण सभाको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ३का वडा अध्यक्ष राजेन्द्रकुमार भण्डारी रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ३का वडा सदस्य लक्ष्मण लामा, महिला वडा सदस्य लक्ष्मी भण्डारी, संस्थाका कानुनि सल्लाहकार गोपाल प्रसाद भण्डारी व्यवस्थापक  गोकुल बिष्ट , किरण बिष्ट ,लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो।

  संस्थाका अध्यक्ष सुदर्शन थापाको अध्यक्षतामा सम्पन्न भएको साधारण सभा संचालन संस्थाका सचिब  जयराम बिष्टले गरेका थिए ।कार्यक्रममा संस्थाका अध्यक्ष सुदर्शन थापाले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए  ।संस्थाको शेयर सदस्य संख्या १,४६९जना रहेको शेयर पुजी १,२२,०८,४००  रहेको जानकारी गराएका थिए उनले कोरोनाको कारण बिगतमा जस्तो साधारण सभा गर्न नसकिएको जानकारी दिदै  बि.स २०६३सालमा २५ जनाको रु १०० का दरले शेयर पुजी रु २५०० ० र प्रवेश शुल्क ,२५०० गरि रु ५,००० बाट शुरु गरिएको संस्था आर्थिक वर्ष २०७५/७६ पौष १६ सम्म आइपुग्दा शेयर पुजी १,०२,९०,४०० मा १६.५७ प्रतिशतले बृद्दी हुन आउने रकम रु १७,०५,७००  र शेयर पुजी थप गरि रु १,१९,९६,१००/ पुगेको जानकारी गराउदै पौष १६ सम्म आइपुग्दा शेयर पुजी रु १,२२,०८,४००  पुगेको अवगत गराएका थिए।

 

त्यस्तै संस्थाले  सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न काम गरेको जानकारी गराएका थिए  संस्थाले एस ई ई सम्मान ज्येष्ठ सदस्य सम्मान, असल ऋणी बचत, बाल बचत सम्मान ,सुत्केरी भत्ता उपलब्ध लगायतको कार्य गर्दै आएको जानकारी गराएका थिए ।बन्दाबन्दीकै समयमा विभिन्न उपायहरु अवलम्वन गरि सदस्यहरुसंग निरन्तर सम्पर्कमा रहेर सदस्यलाई नगद भुक्तानी सेवा प्रदान  लगायतका कार्यहरु सभामा जानकारी गराएका थिए  संस्थालाई नगरकै नमुना संस्थाको रुपमा स्थापित गर्नको लागि नीति, विधि र प्रविधिको माध्यमबाट अघि बढाउदै लगिने रणनीति अध्यक्ष थापाले बताए । कार्यक्रममा लेखा समितिका संयोजक  प्रलाद बिष्टले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कार्यक्रममा शुभकामना मन्तब्य राख्दै  प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ३का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले सहकारीलाई विधिसम्मत सञ्चालनका लागि वौद्धिक व्यक्तिहरुको प्रभावकारी भूमिका हुनु पर्नेमा जोड दिएका  थिए। उनले स्वतन्त्र साकोस स्वतन्त्र रुपमा राम्रो काम गर्दै अघि बढिरहेकोमा खुसि ब्यक्त गरेका थिए। त्यस्तै संस्थाका व्यवस्थापक गोकुल बिष्टले  उपस्थित सबैलाई विशेष धन्यवाद दिदै आगामी दिनमा पनि सम्पूर्ण शेयर सदस्यहरुको यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताएका थिए  ।

तपाइँको प्रतिक्रिया ।