गोकर्ण भगवतीस्थानमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र -३ (ख ) को विरोध सभा

गोकर्ण भगवतीस्थानमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र -३ (ख ) को विरोध सभा

कपन अनलाइन

काठमाडौं पौष २६ ।नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नं. ३ ख को बिरोध सभा सम्पन्न  भएको छ।  शनिबार गोकर्णको भगवतीस्थानमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेतको प्रमुख आतिथ्यतामा भएको सो विरोध सभामा  नेपाली काग्रेस महासमिति सदस्य बिमल ठकुरी  क्षेत्रीय सभापति सन्तोष चालिसे , प्रदेश ख का सभापति श्रीकृष्ण थापा गोकर्णेश्वर ८  इकाई सभापति मनोज कुमार ढुंगाना ,श्रीकृष्ण ज्योति, किरण केसी ,राजेश अधिकारी, शम्भुअधिकारी बिष्णुदेबी पुडासैनी, लगायतले बोलेका थिए।

 

  वक्ताहरुले संसद विघटनले सृजना गरेको परिस्थिति र नेपाली कांग्रेसका नेता कार्यकर्ताले खेल्नुपर्ने भूमिकाका वारेमा आफ्नो धारणा राखेका थिए। असंबैधानिक,स्वेच्छाचारी र सनकका भरमा प्रतिनिधि सभा बिघटन गरेको  भन्दै बक्ताहरुले  प्रधानमन्त्री ओलीले सत्ता र पार्टी दुवै चलाउन नसकेको परिणाम नागरिकले भोग्नबाध्य भएको बताएका थिए ।

नेपाली काग्रेस निर्वाचनदेखि नभाग्ने र यसलाई आन्दोलनको रुपमा उपयोग गर्ने बताएका थिए ।बक्ताहरुले भ्रष्टाचार, ओलीको मनपरितन्त्र र संविधानमाथि भएको आक्रमणको विरुद्धमा गाउँगाउँबाट विरोध गर्दै एकिकृत भएर लाग्न नेता तथा कार्यकर्तालाई आव्हान गरेका  थिए  ।कार्यक्रम संचालन  नेपाली काग्रेस क्षेत्रनं ३ कि सचिब शान्ती नेपालले गरेकी  थिइन् ।

तपाइँको प्रतिक्रिया ।