अनेरास्वीयू काठमाडौँ क्याम्पस जिल्ला कमिटीको भेला सम्पन्न

अनेरास्वीयू काठमाडौँ क्याम्पस जिल्ला कमिटीको भेला सम्पन्न

कपन अनलाइन

काठमाडौं ,पुस २२।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्ष निकट अनेरास्वीयू काठमाडौँ क्याम्पस जिल्ला कमिटीद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । बुधवार काठमाडौँको नेपाल कमर्स क्याम्पस मिनभवनमा भेला सम्पन्न भएको हो ।

कार्यक्रममा अनेरास्वीयूका पूर्वअध्यक्ष तथा ओली पक्षीय नेकपाका केन्द्रीय सदस्य किशोर विक्रम मल्लको प्रमुख आतिथ्य थियो । भेलालाई सम्बोधन गर्दै मल्लले संसद् विघटनप्रति (प्रचण्ड– नेपाल) पक्षीय विद्यार्थीहरूले गरेको आन्दोलनप्रति ध्यानाकर्षण भएको बताउदै  केही विद्यार्थीहरूले सङ्गठन विपरीतका काम गरेको भन्दै सच्चिन आग्रह गरेका थिए  ।

उनले भने ‘हाम्रो पार्टी नेतृत्वको सरकारले संसद् विघटन गरिसकेको छ। निर्वाचनको मिति तय भइसकेपछि चुनावी तयारीमा लागौँ । तर केही साथीहरू दिउँसै लालटिन चाल्नेलगायतका नौटकी गरेमा सङ्गठनात्मक कारबाही गने छौँ । संगनको सम्पत्ति सुरक्षाका लागि कडा कदम चाल्ने छौँ ।’

कार्यक्रममा अनेरास्वीयूका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज नरेन्द्र न्यौपानेले सङ्गठन विरोधी क्रियाकलाप गर्ने तथा सङ्गठनको मूल नेतृत्वविरुद्ध गतिविधि नगर्न सचेत गराए ।

त्यस्ता कार्य तत्काल रोक्न आह्वान गर्दै उनले नरोके कारबाही गर्ने चेतावनी दिए । ‘सिङ्गो मुलुक अब चुनावमा होमिसक्यो, अझै पनि पार्टी र सगठनविरुद्ध लाग्ने साथीहरूलाई आफ्नो बाटो सच्चाउन आग्रह गर्दछौं । साथै सङ्गठनको कार्यालय, लेटरप्याड र अन्य सम्पत्तिको दुरुपयोग नगर्न र मूल नेतृत्वलाई तथानाम गाली गलौज नगर्न समेत सचेत गराउँदछौ ।’

कार्यक्रममा अनेरास्वीयूका अरू नेताहरू रश्मि आचार्य सुदर्शन सिवाकोटी, धर्मराज गिरीलगायतले मन्तव्य राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।