गोकर्णेश्वर नगरपालिका वडा नं ५ का सार्वजनिक स्थानहरुमा नि:शुल्क वाइफाई जडान

गोकर्णेश्वर नगरपालिका वडा नं ५ का सार्वजनिक स्थानहरुमा नि:शुल्क वाइफाई जडान

कपन अनलाइन

काठमाडौं पौष २२। गोकर्णेश्वर नगरपालिका वडा नं ५ का बिभिन्न धार्मिक,ऐतिहासिक एव पर्यटकिय क्षेत्र सहित सार्वजनिक स्थानमा नि:शुल्क वाइफाई जडान गरिएको छ।  गोकर्णेश्वर नगरपालिका वडा नं ५ क वडा अध्यक्ष नारायण बहादुर सुवेदीले  वडाबासीहरुको सुबिधाको लागि बिभिन्न सार्वजनिक स्थानमा वाईफाई जडान गरिएको  जानकारी गराएका छन।

 उनले पहिलो चरणमा चामुण्डा मन्दिर  परिसर अर्घौतेश्वोर मन्दिर परिसर जोरपाटी चोक लगायतको स्थानमा वाई फाई जडान गरिएको र चाडै अन्य बाँकी चोक धार्मिक स्थल लगायतको सार्वजनिक स्थलहरुमा पनि अध्ययन गरि फ्री वाई फाई जडान गरिने जानकारी गराए।

 सार्वजनिक स्थान एबम धार्मिक क्षेत्रलाई प्रविधि सँग जोड्दै फ्रि नेटको पहुँचमा पुर्याउनाले सो क्षेत्रको प्रचारप्रसारमा सहयोग मिल्ने बिश्वास ब्यक्त गर्दै गोकर्णेश्वर नगरपालिका वडा नं ५मा रहेका  धार्मिक एबम ऐतिहासिक स्थानको प्रचारप्रसार गर्न सकेमा आन्तरिक पर्यटकिय गन्तव्यका रुपमा विकास हुने अपेक्षा गरिएको बताए । जनताको सहजताका लागि उक्त सेवाको सुरु गरेका हौं,’ उनले भने, ‘मानिसहरु धेरै जम्मा हुने ठाउँमा र धेरै कुर्नुपर्ने सार्वजनिक स्थानमा  समयको सदुपयोग गराउनका लागि निशुल्क वाईफाईको व्यवस्था गरेको बताए  ।

तपाइँको प्रतिक्रिया ।