बुढानिलकण्ठ -२ सुन्दरटारमा मोटरसाइकल दुर्घटना, चुनिखेलका एक युवाको मृत्यु

बुढानिलकण्ठ -२ सुन्दरटारमा मोटरसाइकल दुर्घटना, चुनिखेलका एक युवाको मृत्यु

कपन अनलाइन

काठमाडौं , पुस २१।

बुढानिलकण्ठ नगरपलिका वडा -२ सुन्दरटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।
तिब्र गतिमा आएको प्रदेश न ३ -००४ प ३९६८ को होण्डा एक्स ब्लेड बाइक सुन्दरटारको टर्निङ्गमा नियन्त्रण भन्दा बाहिर गए पछि दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।
मोटरसाइकल चालक वडा -१३ चुनिखेल निवासी बर्ष २० को समिर श्रेष्ठको अस्पताल लैजाने क्रममा मृत्यु भएको छ भने पछाडी सवार बर्ष १९ को पुजन श्रेष्ठ घाईते भएका छन। हाल उनको करुणा अस्पतालमा उपचार भईरहेको छ ।

मृत्यु भएका चालकको पोस्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

तपाइँको प्रतिक्रिया ।