कागेश्वरी मनोहरा नगरपालिकाको २०७७ श्रावण १ देखि पौष १७ गते सम्म भएका आम्दानी र खर्च बिवरण सार्वजनिक

कपन अनलाइन 

काठमाडौं पौष १९। कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले आर्थिक बर्ष २०७७ श्रावण १ गते देखि २०७७ पौष १७ गते सम्म भएका आम्दानी र खर्च बिवरण सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन। उनले सामाजिक संजाल मार्फत  ” स्वच्छ सफा हराभरा, बनाउ कागेश्वरी मनाेहरा” बिकाश निर्माणमा कागेश्वरी मनाेहरा  लेखि कागेश्वरी मनाेहरा नगरपालिकाकाे आ.ब. २०७७/०७८  अन्तर्गत  २०७७ श्राबण १ गते देखि २०७७ पाैष १७ गते सम्म भएकाे आम्दानी र खर्च बिवरण निम्न  रहेको जानकारी गराएका छन ।

उनले कागेश्वरी मनोहरा नगरपालिकाको २०७७ श्राबण १ गते देखि २०७७ पाैष १७ गते सम्म  जम्मा आम्दानी – ९२ कराेड ९९ लाख ८२ हजार ९ सय १० पैसा ३१ रहेको जानकारी गराउदै जसमा जम्मा चालू खर्च – १५ कराेड ३३ लाख ९१ हजार ८ सय १६ पैसा १० (जम्मा खर्च ३५.३२% प्रतिशत)  रहेको उल्लेख गरेका छन । त्यसै गरि उनले जम्मा पुजिगत खर्च – २० कराेड  ८३ लाख ७५ हजार ५ सय ४३ पैसा ९६ (जम्मा खर्च १६.९२% प्रतिशत)  रहेको जानकारी गराएका छन । उनले हाल सम्म जम्मा खर्च – ३६ कराेड १७ लाख ६७ लाख ३ सय ६० पैसा ०६ रहेको जसमा नगद माैजदात  ५६ कराेड ८२ लाख १५ हजार ५ सय ५० पैसा २६ रहेको समेत जानकारी गराएका छन।
तपाइँको प्रतिक्रिया ।