चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा सुरु

चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा सुरु

कपन अनलाइन 

काठमाडौँ, पौष १९ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमानित पत्र ठुलाे भर्याङ्ग नाै महिना देखि राेकिएकाे सवारी चालक अनुमतिपत्रकाे प्रयाेगात्मक परिक्षा (ट्रायल) आईतबार बाट सञ्चालन ल्याएकाे छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमानित पत्र ठुलाे भर्याङ्गले काेनाेराका कारण राेकिएकाे प्रयाेगात्मक परिक्षा (ट्रायल) चन्द्रागिरिमा रहेकाे भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.ली गुर्जुधारामा सुरू गरेकाे हाे ।

उपत्यकामै काेराेना पछि आज आईतवार पहिलाे पटक सेवा आरम्भ गरिएकाे ठुलाे भर्याङ्ग कार्यालयले जनाएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमानित पत्र ठुलाे भर्याङ्ग कार्यालय प्रमुख सञ्जय थापाले काेभिड १९ ले गर्दा राेकिएकाे फारम भरेका लिखित परीक्षा पास भएका तर परीक्षा दिन नपाएका परिक्षार्थीहरू ८१५ जनाले रहेकाे मध्य उहाँहरूकाे पालाे अनुसार ट्रायल दिने व्यवस्था मिलाईएकाे बताए । कार्यालय प्रमुख थापाले भने,हामीले काेभिडकाे जाेखिमलाई न्युनिकरण गर्न उच्च मापढण्ड तय तरेका छाै, हाम्राे ट्रायल परीक्षा गुर्जुधाराकाे भेहिकल भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर गुर्जुधारामा हुन्छ । तीन चरणकाे परिक्षार्थी कक्ष रहेकाे छ एक चाेटीमा तिन वटा कक्षमा १०-१० जनाकाे बस्ने र पालाे अनुसार मास्क र सेनेट्राईजर हातमा र गाडीकाे स्टेरिङ्गमा लगाए पछि मात्र परीक्षा दिन पाईने छ ।

भाैतिक याेजना तथा यातायात मनत्रालय बागमती प्रदेशका अधिकृत प्रकाश अधिकारीका अनुसार ठूलाे भर्याङ्ग अन्तर्गत भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.ली गुर्जुधारामा रहेकाे ट्रायल सेन्टरमा आम नागरिकहरूका लागि व्यवस्थित तरिकाले ट्रायल दिने व्यवस्था मिलाईएकाे बताए । ९ महिना देखि राेकिएकाे परीक्षा सञ्चालन भए पछि आम सेवाग्राहीहरू पनि खुशी ब्यत्त गरेका छन् । आजैबाट कार्यालयले नयाँ दर्ता भिजिट मिति समेत तय गरेकाे छ । दैनिक ठुला साना गरि ३ सय जनाले अन्लाईन फारम भर्ने व्यवस्था मिलाईएकाे ठुलाे भर्याङ्ग जनाएको छ ।

सरकारले गत चैतदेखि सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया रोकेको थियो । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर मन्त्रालयले सातै प्रदेशमा सवारीचालक अनुमतिपत्रका लागि अनलाइन फाराम खुला गरिएको थियाे । लकडाउन अगाडि लिखित परिक्षा दिएर पनि ट्रायल दिन नपाएपछि व्यापक जनगुनासाे बढेकाे थियाे । यातायात व्यवस्था कार्यालय ठूलो भर्याङको स्वीकृतिमा सञ्चालित नेपालको सबैभन्दा ठूलो र सुविधा सम्पन्न सो एकेडेमी ३२ रोपनी जग्गामा फैलिएको छ। एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा रहेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सुरु भएको एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिए। उनले भने,’प्रयोगात्मक परीक्षार्थीका लागि सामाजीक दूरी अनिवार्य कायम गरिएको छ। ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको छ।’ सरकारले अवलम्बन गरेको सहकारी, सार्वजनिक र निजी क्षेत्र सहभागी तीनखम्बे अर्थनीतिअनुसार विसं २०७३ मा एकेडेमी स्थापना भएको थियो। ऐकेडेमीमा दुई पाङ्ग्रे, चारपाङ्ग्रे तथा ठूला सबै प्रकारका सवारी साधनको प्रयोगात्मक परीक्षा दिन तथा प्रशिक्षण व्यवस्था रहेको एकेडेमीका प्रबन्ध निर्देशक माधव अधिकारीले बताए। उनले भने, ‘न्यूनतम शुल्कमा गुणस्तरीय सेवा दिइरहेका छौँ

। निर्धारित स्वास्थ्य मापदण्ड पूरा गरी सबै प्रकारका यातायातका साधनको लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा आजदेखि सञ्चालनमा ल्याएका छौँ। गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता हो।’ कोरोना भाइरसका जोखिमका कारण लामो समयसम्म बन्दाबन्दी हुँदा एकेडेमी सञ्चालनमा समेत आर्थिक सङ्कट परेको जनाइएको छ। सरकारले जग्गा भाडा छुट तथा अन्य सुविधा नदिँदा एकेडेमीले चरम आर्थिक समस्यामा परेको हो।’सेवाग्राही माग र चाहनालाई ध्यान दिएर मात्र प्रयोगात्मक परीक्षा पुन: सञ्चालन सुरु गरेका हौँ। हामी चरम आर्थिक सङ्कटमा छौँ, सरकार तथा स्थानीय निकायबाट समेत कुनै सुविधा पाएका छैनौँ’, एकेडेमीका सञ्चालक रामनारायण घिमिरेले भने।

एकेडेमीले सामाजिक दायित्वअन्तर्गत बन्दाबन्दीका समयमा चन्द्रागिरि नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा एक लाख आर्थिक सहयोगसमेत गरेको थियो। एकेडेमीले दक्ष चालकद्वारा सवारी सिक्न चाहनेका लागि विशेष सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण सञ्चालन गर्दै आएको छ। स्वास्थ्य मापदण्ड पालन गर्दै प्रशिक्षण सञ्चालनमा ल्याइएको जानकारी दिए। उपत्यकामा चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण गरिँदै आएको छ ।

तपाइँको प्रतिक्रिया ।