आऊ सजाऊ घर : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,पुस १८।
दोटा वर्ष भनी विदा अघि दिएँ वर्षै विते पाँच नै
मेरो त्याग इमानको किन यहाँ प्यारा लियौ जाँच नै
जोडी ढुक्कुर उड्दछन् सँगसँगै यो चित्त रोयो तर
प्यारा जीवनमा नदौड वनमा आऊ सजाऊँ घर ।
होला ढुक्क त्यहाँ त नित्य घरको ढोका उघार्छे भनी
तिम्रो सिन्दुर त्यो परन्तु अहिले थिच्दैछ धार्नी बनी
गीता पढ्दछ भोकमा भन त को ? मान्दै नमानी डर
कद्दैछौ किन तर्कँदै पर परै आऊ सजाऊ घर ।
देख्ने निम्ति त रामराज्य छ यहाँ छन् खात खातै सुख
लाग्दैछन् तर वर्षझैँ दिनहरू त्यो त्रास को बुझ्दछ ?
हान्दैछन् कति बाँण गाउँघरका देखी अवस्था तर
तिम्रो प्रेम विछोडले मन जल्यो आऊ सजाऊ घर ।
बाटो हेर्दछ बार बार अहिले लाटो बनी यो मन
उम्ली पोखिन खेज्छ छेक्नु कसरी यो उर्लँदो जोवन
स्वामी लाहुरमा कुदे दिल कुद्यो खेज्दै उचाई पर
जैले खोज्दछ उड्न यो मन चरी आऊ सजाऊ घर ।
टिप्दै साग र सिस्नु भैकन दुई खाऊँ सँगै भन्दछु
पाखामा अब प्रेम गीत रसिलो गाऊँ सँगै भन्दछु
दोषी यो छ उमेर चञ्चल बनी डुल्दै कुद्यो सर्सर
चो¥यो चित्त चकोरले चतुरभै आऊ सजाऊ घर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक