सार्वजनिक स्थलमा रहेको संरचना हटाउन कागेश्वरी मनोहरा -९ को सुचना

कपन अनलाइन

काठमाडौं  पुस १६/अभिषेक तिवारी

काठमाडौ कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ ले त्रिभुवन विमानस्थल को पुर्वी भागको खहरे चोक देखि र्याडर सम्म को सार्वजनिक जग्गा भित्र परेको संरचना हटाउन सुचना जारी गरेको छ ।

उक्त सडक खण्डमा रहेको सार्वजनिक जग्गा भित्र परेका कम्पाउण्ड,वाल,टहरा,वर्कसप,गाडी ग्यारेज तथा अन्य अस्थायी संरचना हटाउन ३५ दिने समय दिएको छ ।

वडा अध्यक्ष कुन्दन खड्का द्वारा पुस १४ गते गरि सूचना मा उक्त कुरा उल्लेख गरिएको छ । केहि समय अधि मात्र सार्वजनिक जग्गा छुट्टाउने काम सम्पन्न भएको थियो ।

पुष ६ गते बाट सम्बन्धित सरोकारवालाहरु को उपस्थितिमा नापी को काम गरिएको थियो र १४ गते सम्पन्न भएको थियो । सूचना को ३५ दिन भित्र उक्त संरचना नहटाएमा जेसिवी द्वारा हटाइ सम्बन्धित जग्गा धनीबाट लाग्ने खर्च समेत असुल उपर गरिने बताइएको छ ।

(अभिषेक तिवारी सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।