ओखलढुंगामा नेकपा विवाद :यज्ञराजको सकसमा रामहरी खुसीले गदगद

ओखलढुंगामा नेकपा विवाद :यज्ञराजको सकसमा रामहरी खुसीले गदगद

कपन अनलाइन

काठमाडौं ,पुस १६।

नेपाल कम्युनिस्ट पार्टीका देखिएको विवाद संगै प्रधानमन्त्री केपी ओली र प्रचण्ड -माधव नेपाल पक्षमा विभाजन भएर स्थानीय तह सम्म नै समानान्तर गतिविधि भए संगै अहिले नेपाली कांग्रेसमा भने यसले उर्जा थपेको छ। यस्तो उर्जा र जोश विसेशत  २०७४ शालको निर्वाचनमा बाम गठबन्धनका कारण  पराजित बनेका क्षेत्र र जिल्लाहरुमा बढी देखिने गरेको छ।

यस्तै दृश्य र घटनाक्रम नेपाली कांग्रेसको किल्ला भनेर चिनिएको तर २०७४ शालको निर्वाचनमा नेकपाले क्लिन स्विप गरेको ओखलढुंगा जिल्लामा पनि देखिएको छ।

ओखलढुंगा जिल्लाको प्रतिनिधि सभा र प्रदेस सभाका दुई वटै निर्वाचन क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारले नेपाली कांग्रेस ओखलढुंगाका हस्तीहरु रामहरी खतिवडा ,प्रदिप सुनुवार र मित्रसेन दाहाललाई पराजित गरेका थिए।

कुनै  समय नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले कांग्रेसको प्रभाव क्षेत्रका रुपमा उदाहरण दिने ओखलढुंगामा पराजित बनेर निकै निरास बनेको कांग्रेसलाई अहिले चलिरहेको नेकपा विवादले निकै उत्साहित बनाएको चर्चा अहिले ओखलढुंगामा व्यापक रुपमा चल्न थालेको छ।

अहिले ओखलढुंगा जिल्लामा नेकपा भित्र देखिएको विवाद र विभाजनको तयारीले सबै भन्दा उत्साहित संविधान सभा सदस्य तथा युवा नेता रामहरी खतिवडा रहेको एक जिल्ला तहका नेताले बताएका छन।” केहि दिन देखि उहाको मुहारमा निकै चमक बढ्नुका साथै शरीरमा  बेग्लै उर्जा दौडिएको महसुस गरेका छौ ,” उनले भने।

२०७४ शालको निर्वाचनमा बाम गठ बन्धन र नेपाली कांग्रेसकै अर्का नेअतले दिएको बागी उम्मेदवारीका कारण करिव ५ हजार मतले पराजित बनेका खतिवडाले  आगामी निर्वाचनमा उम्मेदवार बनेको खण्डमा जित्न  निकै सहज हुने अनुमान गर्दै जिल्ला दौडाहालाई तीव्रता दिएको नेवि संघ ओखलढुंगाका एक नेताले बताए।

 

तपाइँको प्रतिक्रिया ।