Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/12/133729884_3716736331720675_5083914445585241646_o-e1609299112800.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/12/134163554_1235238523545840_5852055066614809554_n-e1609299256643.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लायन्स कपडा बैक मार्फत बिद्यार्थीलाइ जाडोको लागि न्यानो कपडा वितरण

कपन अनलाइन

काठमाडौँ, पौष १५। लायन्स क्लब इन्टरनेसनल  डिस्ट्रिक ३२५ ए१ अन्तर्गत काठमाडौँका उत्तरपूर्व भेगमा रहेका ३७ वटा विभिन्न लायन्स क्लबहरूको सक्रियतामा बिभिन्न बिद्यालय तथा  संघ सस्थाहरुलाई कपडा बैंक मार्फत जाडोको लागि न्यानो कपडा अन्तर्गत बिद्यार्थीहरुको लागि  स्वीटर टोपी  वितरण गरिएको छ।

डिस्ट्रिक ३२५ ए१को उत्तर पुर्बी  भेगमा रहेका ३७ वटा लायन्स क्लब अन्तर्गत लायन्स क्लब अफ काठमाडौं सिम्रिक, बागमती नर्थ ,माकलबारी र लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनी को संयोजनमा  सोमबार गोकर्णेश्वर नगरपालिका वडा नं ३ पौडेल गाउमा अवस्थित ग्राम सुधार आधारभुत बिध्यालयमा  बालकक्षा  देखि कक्षा ५  सम्म अध्ययनरत करिब १०९ जना बिद्यार्थीहरुको लागि जाडोको लागि कपडा बैंक मार्फत टोपी र स्विटर वितरण गरिएको डिस्ट्रिक चियरपर्सन लायन ठण्डराज ठकुरीले जानकारी गराए ।

सोहि दिन गोकर्णेश्वर नगरपालिका वडा नं १ बागमती करिडोरमा अवस्थित दृष्टिबिहिन आवास गृहमा आश्रय लीइरहेका दृष्टिबिहिन हरुलाई समेत जाडोको लागि१५ थान  कम्बल बितरण गरिएको थियो । सो कार्यक्रममा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पुर्व डिस्ट्रिक गर्भर्नर एबम  हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल, पुर्व डिस्ट्रिक गभर्नर एबम हालका मल्टिपल हंगर रिलिफ चिफ लायन कुमारराज सुवेदी,

क्याबिनेट सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठ, क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब , जी एम टि लायन धर्म शरण श्रेष्ठ  माइ एल सी आइ चिफ लायन रमेश लामा, चिफ एओजी लायन बिष्णु भाइ श्रेष्ठ, लायन सुरेन्द्र प्रकाश बलाय,लायन जयराम बिष्ट  लायन महेश आचार्य,  लायन उमेश ढुंगाना , लायन भुवन पोखरेल , लायन श्रीधर भण्डारी , लायन लायन शर्मिला भट्ट कोइराला ,लायन अच्युत बिष्ट लायन श्रीचन केसी  सहित  बिभिन्न क्लबका पदाधिकारीहरु सहित लायन्स लिडर तथा सदस्यहरुको साथै बिद्यालयका प्रधानाध्यापक गोपाल धमला बिध्यालय व्यवस्थापन समितिकी अध्यक्ष इन्दिरा सापकोटा, शिक्षक, बिद्यार्थीको साथै अभिभावकहरुको  उपस्थिति रहेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।