Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/12/133036095_1605278043013102_4070679959798233814_o-e1609292067763.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

श्री बाल सुधार माध्यमिक बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजकुमार पण्डित क्षेत्री चयन

कपन अनलाइन

काठमाडौं पौष १५। गोकर्णेश्वर नगरपालिका वडा नं २ नयापाटीमा रहेको श्री बाल सुधार माध्यमिक बिध्यालयको व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय समाजसेवी राजकुमार पण्डित क्षेत्री चयन भएका छन ।शुक्रबार एक कार्यक्रमका बीच उनि सर्वसम्मतिले अध्यक्ष पदमा चयन भएका हुन। २०२३ साल असार २० गते नयापाटीमा जन्मिएका उनि  सोहि बिध्यालयमा पढ्नुको साथै   २०४२ साल देखि २०४३ साल सम्म अध्यापन समेत गराएका थिए।

२०६१ साल देखि काठमाडौं जिल्ला विकास समितिको सदस्यमा रही बिभिन्न बिध्यालय ,बाटो, खानेपानी, धार्मिकस्थल लगायतको क्षेत्रमा सहयोग जुटाई बिकास निर्माणको काम गरेका उनि २०६५ सालमा श्री बालसुधार माविकी व्यवस्थापन समितिमा सदस्य पदमा रहेर काम समेत गरिसकेका छन भने   २०६६ सालमा  जिल्ला बन पैदावार आपूर्ति समिति काठमाडौंका सदस्य रहेका थिए ।अध्यक्ष पण्डित क्षेत्री संगै विद्यालय व्यवस्थापन समितिमा राजेन्द्र कुमार पण्डित , सरस्वती राइ ,आङ डोमा शेर्पा, रोशनी श्रेष्ठ , पवन गहतराज चयन भएका छन।
गोकर्णेश्वर नगरपालिका वडा नं २ नयापाटीमा रहेको श्री बाल सुधार माध्यमिक बिध्यालयको विद्यालयको भौतिक ,शैक्षिक र प्रसासनिक सुधारलाई प्राथमिकतामा राखेर नगरपालिका कै नमुना विद्यालय बनाउने काममा आफु लाग्ने अध्यक्ष पण्डितले बताएका छन। प्रचलित कानुनको अधिनमा रही विधालय, विधार्थी र हाम्रा अभिभावकहरुको हितमा काम गर्ने भन्दै हाम्रा कामकारबाही प्रती कुनै जिज्ञासा भएमा लिखित, मौखिक र अन्य माध्यमले सुझाव दिन सक्नुहुनेछ , उनले भने ।
तपाईंहरुको सहयोग, सहकार्य र सद्भावले नै हामी बालसुधारलाई नमूना विधालय बनाउन सक्नेछौँ । मिलेर काम गरौँ : विधालयको हित र विकासको लागि हामी सबैसङग सहकार्यको लागि खुल्ला छौँ । हामी तपाईंहरुको सकारात्मक सुझावको प्रतिक्षामा रहेको पनि बताए । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णबहादुर पण्डित क्षेत्री संगै स्थानीय तथा अभिभावकहरुको उपस्थिति रहेको थियो । गोकर्णेश्वर नगरपालिका वडा नं २ नयापाटीमा रहेको विद्यालयले नियमित शैक्षिक गतिविधि संगै विभिन्न रचनात्मक गतिविधि पनि गर्दै आएको छ।

 

तपाइँको प्रतिक्रिया ।