तेजेश्वरबाबु ग्वंगलाई “कसास यात्री” सम्मान प्रदान

कपन अनलाइन

काठमाडौं ,पुस १३।

साहित्यकार तथा अन्वेषक पूर्णप्रकाश नेपाल ‘यात्री’ द्वारा स्थापना गरिएको संस्था कपन साहित्य समाजले संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वंग  लाइ कसास  यात्री सम्मान प्रदान गरेको छ ।

कपन साहित्य समाजका अध्यक्ष गणेश मिश्रको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा शैलेन्द्र प्रकाश नेपाल थिए । ग्वंगकै निजिनिवास भक्तपुर सूर्यविनायकमा औपचारिक कार्यक्रम गरि सम्मान प्रदान गरेको हो । उनलाई १० हजार १ रुपैया नगद प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो। सम्मानित तेजेश्वरबाबु ग्वंगले आफूलाई पूर्णप्रकाश नेपाल यात्रीको स्मृतिमा सम्झिएर सम्मान गरेकोमा धन्यवाद दिएका थिए ।

कपन साहित्य समाजका संस्थापक संरक्षक स्व. पूर्णप्रकाश नेपाल “यात्री”को पुण्य तिथिको अवसर पारेर गत वर्षदेखि सो सम्मान प्रदान गर्दै आइरहेको छ ।

नेपालको पुरातन, पुरातात्विक र संस्कृतिक नगरी भक्तपुरको शिक्षित र सुसंस्कृत परिवारमा १९९२ कार्तिक महिनामा जन्मेका तथा मेसिगन स्टेट विश्वविध्यालय अमेरिकाबाट संस्कृतिक नेतृत्व  शास्त्रमा स्नातकोत्तर गरेका तेजेस्वरबाबु  ग्वग : एक विशिष्ट संस्कृतिक विज्ञका रुपमा सुपरिचित र प्रतिष्ठित छन । उनि नेपाल, नेपाली तथा अंग्रेजी भाषामा लेख्दछन । ग्वगका तिनवटै भाषामा कृति प्रकाशित भएका छन । नेपाली साहित्यमा उनी कवी, निबन्धकार र लेखकका रुपमा चिनिन्छ ।

निजामति कर्मचारी सेवा निवृत्र तेजेश्वरबाबु ग्वंगका प्रेम ( परोपकार पत्रिका २०१०) नेपाली, नेपाल भाषा अंग्रेजीमा अत्यधिक रचना, संस्कृतिक आयाम ( २०५२), संस्कृतिया पल १११९ नेपाल सम्वत्, अवकाश पछिको आकाश ( निबन्ध संग्रह – २०७१), चराको गुडझै जन्मस्थल – मेरो भक्तपुर ( कवितासंग्रह-२०७१) तथा औकात भरिएको सौगात ( निबन्ध सङ्ग्रह २०७३) प्रकाशित भएका कृति हुन् ।

ग्वंग लाइ साहित्य साधना तथा खोज अन्वेषक गरे बापत नेपाल भाषा परिषद् हाना पौ, राष्ट्रिय प्रतिभा पुरस्कार, महाकवी देवकोटा सम्मान, “व्यथित” काव्य पुरस्कार, गोरखा दक्षिण बाहु चतुर्थ, अलिमिया सम्मान, युगकवि सिद्धिचरण स्वोर्ण शताब्दी, शमी साहित्य साधना सम्मान, नेपाल साहित्य मन्दिर हन पौ, सचेतना संरक्षण सम्मान, चक्रपाणी स्मारक सम्मान, दायित्व वाङ्मय विशिष्ट सम्मान, चखुॅ प्रकाश विशिष्ट सम्मान, अक्षरमार्ग सम्मान तथा आज कसाज यात्री सम्मान प्राप्त गरेका छन ।

तपाइँको प्रतिक्रिया ।