निर्वाचन घोषणाको समर्थन गर्दै बुढानिलकण्ठमा बृहत मोटरसाइकल र्यालि

कपन अनलाइन

काठमाडौं , पुस ११।

नेपाल सरकारले घोषणा गरेको निर्वाचनको समर्थनमा बुढानीलकण्ठमा बृहत मोटर साइकल र्याली गरिएको छ।
रास्ट्रीय युवा संघ नेपाल बुढानीलकण्ठको आयोजनमा भएको उक्त र्यालीले बुढानीलकण्ठका विभीन्न वडाहरुको परिक्रमा गरेको थियो।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सुन्दर पुर्कुटी, नेकपा काठमाण्डका सचिवालय सदस्य बिदुर बिक्रम खड्का , नेकपा बुढानीलकण्ठका सचिव प्रदिप डंगोल, युवा संघका नेताहरु निरन्जन नेपाल , पेम्बा घले, कृष्ण तामाङ ,दिलिप थिङ लगायतको उपस्थितिमा बुढानीलकण्ठ मन्दिर प्रांगण बाट शुरु भएको उक्त र्यालीले नगरपालिकाको गणेश चोक- चुनिखेल- कपन – मण्डीखाटार लगायतका स्थानको परिक्रमा गरेको युवा संघका नेता कर्ण तामाङले बताएका छन।

तपाइँको प्रतिक्रिया ।