प्रधानमन्त्री केपी ओलीको समर्थनमा भोलि ११ बजे बुढानिलकण्ठमा कार्यक्रम हुने

कपन अनलाइन

काठमाडौं ,पुस १०।

प्रधानमन्त्री केपी ओलीको समर्थनमा भोलि ११ बजे बुढानिलकण्ठमा कार्यक्रम हुने भएको छ। रास्ट्रिय युवा संघ नेपाल बुढानिलकण्ठ नगर कमिटीको आयोजनामा हुने सो कार्यक्रममा र्याली सहित विभिन्न नेताहरुले सम्बोधन गर्नेछन।

प्रधानमन्त्री ओलीले निर्वाचन मार्फत नया जनादेशका लागि गरेको निर्णयको समर्थनमा सो कार्यक्रम आयोजना गर्न लागिएको रास्ट्रीय युवा संघ नेपाल बुढानिलकण्ठले जानकारी दिएको छ।

मोटरसाइकल र्यालि सहित हुने सो कार्यक्रम बुढानिलकण्ठ – गणेश स्कुल चोक- चुनिखेल  – कपन – मन्डिखाटार हुदै बसुन्धरामा गएर टुंगिने युवा संघ बुढानिलकण्ठका नेता कर्ण तामाङले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।