रेशम पुनको ‘ए मेरी जुरेली’ सार्वजनिक

कपन अनलाइन

काठमाडौं ,पुस १०।

गायक रेशम पुनको स्वर रहेको ‘ए मेरी जुरेली’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । लोकपप शैलीमा तयार गरिएको गीतमा शब्द तथा संगीत रेशम पुनकै रहेको छ भने पुरुषोत्तम न्यौपानेले एरेन्ज गरेका हुन् । श्रीपेज टिभीले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन प्रकाश देवकोटाले गरेका हुन् ।

ललितपुरका विभिन्न स्थानमा छायाँकन गरिएको गीतमा कलाकारहरु सविना राउत, दिलिप खड्का र बालकलाकार उत्सव बस्नेतको अभिनय देख्न सकिन्छ । केशव अधिकारीको छायाँकन, सविना राउतको कोरियोग्राफि रहेको भिडियोको सम्पादन धिरज खड्काले गरेका हुन् । गीतलाई श्रीपेजको टिभिको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियोमा निम्न वर्गको प्रेमकथा चित्रण गरिएको छ । रिसाएकी प्रेमिकालाई फकाउन मागेर ल्याएको नयाँ लुगामा ठाँटिएर नाच्न नजाने पनि जसोतसो नाच्ने एउटा प्रेमीको अथक प्रयास भिडियोमा देखाउन खोजिएको छ । भिडियोको बजार प्रवद्र्धन आवृत्ति मिडियाले गरेको हो ।

हेर्नुहोस गीत :

तपाइँको प्रतिक्रिया ।