कपन बाट चोरी भएको मोटरसाइकल सहित दुई जना पक्राउ

कपन अनलाइन

काठमाडौं ,पुस १० ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई विहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको छ ।
रामेछाप मन्थली नगरपालिका वडा नं. १२ घर भएकावर्ष २५ को रामशरण मिजार र बर्ष १९ को सुवास मिजारलाईचोरी गरेको बा ८१ प ५२७५ कालो रङको पल्सर २२० सी.सी.मोटरसाईकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो ।
काठमाण्डौ कपनबाट हराएको भनि अभिषेक ढकालले हुलिया सहितको निवेदन मिति २०७४ असोज ९ गते यस महाशाखामादिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त,बौद्ध पठाईएको छ ।

तपाइँको प्रतिक्रिया ।